बैदेशिक रोजगार ब्यावसायीको आन्दोलनले अन्तराष्ट्रिय उडान प्रभावित


काठमाडौं, आषाढ २९ । भुकम्पछिको प्रभाव र बैदेशिक रोजगार ब्यावसायीको आन्दोलनको असर अन्तर्राष्ट्रिय उडानमा परेको छ । त्यसमा पनि नेपाली कामदारको गन्तब्य मुलुकमा यात्रु चाप अझ घटेको छ ।

यात्रु चाप घटेसँगै ठुलो बिमान सञ्चालन गरिरहेका अन्तराष्ट्रिय एयरलाइन्सहरुले सानो जहाज ल्याउन थालेका छन् भने दुई उडान भर्नेहरुले एक वटा उडान तालीकामा सिमित गरेकाछन् ।

पिक सिजनमा दैनिक ८० भन्दा बढी उडान हुने गरेकोमा अहिले ५८ हाराहारीमा अन्तर्राष्ट्रिय उडान भैरहेको छ ।

यसअघि सातामा २ सय बढी जहाजको ग्राउन्ड ह्यान्डलीङ हुने गरेकोमा म्यानपावर ब्यावसायीको आन्दोलनसँगै गएको साता १ सय २० वटामात्र अन्तराष्ट्रिय बिमान ग्राउन्डेड भएका छन् ।

नेपाल वायुसेवा निगमले बार्षिक ३ अर्व रुपैयाँ ग्राउन्डेडबाट प्राप्त गर्दै आएकोमा यसबाट हुने आम्दानीमा हाल आएर ४० प्रतिशत असर परेको निगमको भनाइ छ ।

मंगलबारको अन्तर्राष्ट्रिय उडान तालीकालाई नै हेर्ने हो भने पनि सोमबारको तुलनामा उडान अझै घटेको छ ।

सोमबार कुल ६५ वटा उडान तालीका रहेकोमा मंगलबार आगमन २९ र प्रस्थान २९ गरी कुल ५८ वटा उडान रहेको छ ।





प्रतिक्रिया दिनुहोस्...