दुर्घटनामा परी कोरियामा एक नेपालीको निधन


मीनप्रकाश उप्रेती
२९ असार, सउल । कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी मोरङ हात्तिमुडाका गान्धीराज खतिवडाको निधन भएको हो ।
करिव चार वर्ष अघि इपिएस मार्फत‘ कोरिया आएका खतिवडा कोरियाको हवासङस्थित एक फलाम कम्पनीमा कार्यरथ थिए ।
उनी काम गर्दै गर्दा माथिबाट खसेको फलामको विमले लागेर उनको घटनास्थलमै मृत्यु भएको ह्वासङ प्रहरीलाई उद्धृत गर्दै कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरुङले बताए।
खतिवडाको निधन बारे प्रहरी रिपोर्टमात्र प्रप्त भएको र पोष्टमार्टम रिपोर्ट आउन बांकिरहेको दुतावासले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...