जितु नेपालले मन्त्रीलाई भने, ‘धानको बिऊ समाउन की मान्छेको जीउ समाउन गा’को ?’ (भिडियो सहित)


मिडिया एनपी, काठमाडौं, २८ असार । दीपकराज गिरी र जितु नेपाल हास्यव्यंग्य क्षेत्रका चर्चित कलाकारको नाम हो । यी दुवै कलाकार एउटै मञ्चमा उक्लिएपछि राजनीति झटारोले सहभागीहरु नहासिरहन सकेनन् ।
टेलिभिजन कलाकर्मी मञ्चले आइतबार साँझ गरेको कार्यक्रममा दीपकराज गिरी सहित मञ्चमा उक्लिएका नेपालले पूर्वकृषि मन्त्री हरिप्रसाद पराजुलीलाई लक्षित गर्दै दिएको प्रस्तुतीले सहभागीहरु पेट मिचीमिची हाँसेका हुन् ।
प्रसङ्ग थियो यही असार १५ गते राष्ट्रिय धान दिवसका दिन रोपाइँ कार्यक्रममा सहभागी भएका तत्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीले महिलालाई समाएको । महिलालाई समाएको आरोप लागेपछि मन्त्रीबाट राजीनामा दिनु अघि आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिन पुगेका पराजुलीलाई ओलीले दिएको जवाफ भन्दै क्यारिकेचर गर्दै नेपालले भने, ‘असार १५ मा जानु भा’छ । धानको बिऊ समाउन की मान्छेको जीउ समाउन ?’
JITU NEPAL





प्रतिक्रिया दिनुहोस्...