१४ बालक भारत लैजादै गरेका ४ लामा प्रहरी फन्दामा


मिडिया एनपी, सुनसरी २८ असार । कागजपत्र बिना १४ जना बालकहरुलाई भारत देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा प्रहरीले चारजना लामाहरुलाई नियन्त्रणमा लिएको छ ।
इटहरी उपमहानगरपालिका–८ बसपार्कमा आइतबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट धरानतर्फ जान लागेको ना.५ ख ५५८० नम्वरको बसलाई चेकजाँच गर्दा ८ देखि १३ बर्ष उमेर समुहका १४ जना बालकहरुलाई बिना कागजपत्र भारत देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बालकहरुलाई शिव नेपाल बाल आश्रम बिराटनगरमा पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ






प्रतिक्रिया दिनुहोस्...