नेपालीको आयु १६ वर्ष बढ्यो !


२९ असार, काठमाडौं । नेपालीको औषत आयु बढेको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । डा. महतका अनुसार २५ वर्षको अवधिमा नेपालीको औषत आयु १६ वर्ष बढेको छ ।
तथ्यांक अनुसार नेपालीहरुको औषत आयु ६९ वर्ष पुगेको छ । तर, देशका सबै जिल्लाहरुमा बसोबास गर्ने नागरिकको औषत आयु एकै प्रकारको छैन । काठमाडौंबासीको औषत आयु ७६ वर्षको हाराहारीमा छ भने मुगु र बाजुराका जनताको औषत आयु ५० वर्षको हाराहारीमा छ ।
मन्त्री महतले बजेट प्रस्ततु गर्ने क्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा वाल मृत्युदर घटेको छ, जसको अन्तरराष्ट्रिय समुदायले समेत प्रशंसा गरेका छन् ।
त्यसैगरी नेपालमा गरीवीको रेखामुनि रहेका मानिसहरुको संख्यामा समेत कमी आएको मन्त्री महतले बताएका छन् । ‘गरीवीको रेखामुनि रहेका जनताको संख्या एक चौथाइभन्दा कम छ ।’






प्रतिक्रिया दिनुहोस्...