प्रचण्ड आज भारत जाँदै


prachanda
२९ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच  दिने भ्रमणमा लागि मंगलबार भारत प्रस्थान गर्दैछन् ।
प्रचण्ड अपरान्ह चार बजे इण्डियन एयरबाट भारत जाने कार्यक्रम तय भएको प्रचण्डका स्वकीय सचिव चूँडामणि खड्काले जानकारी दिए ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भारत जान लागेका प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटका क्रममा प्रचण्डले निर्माणाधीन नेपालको नयाँ संविधान, लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता लगायतका विषयमा छलफल गर्नेछन् ।






प्रतिक्रिया दिनुहोस्...