प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेता झापा आउँदै
फोटो :फाइल फोटो
झापा : गिरिजाप्रसाद कोइराला स्मृति भवन शिलान्यासका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासहित चार दलका शीर्ष नेता सोमबार झापा आउँदैछन् ।
शिलान्यास कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी हुन झापा आउन लागेका हुन् ।
उक्त भवन १६ करोड रुपैयाँको लागतमा बन्ने झापाका स्थानीय विकास अधिकारी फडिन्द्र दाहालले जानकारी दिए ।