अजिंगरलाई अंकमाल गर्दै अढाइ वर्षकी बालिका


baby (7)अजिंगर विश्वको सबैभन्दा डरलाग्दो मध्येको एक सिकारी जिव हो र यसले मानिसका बच्चा त ज्यूँदै निलिदिन्छ । तर एकजना अढाइ वर्षकी बालिकाको १५ फिट लामो बर्मेली अजिंगर सँगको हेलमेल भने मुटु नै कम्पन गराउने खालको छ ।
आफैलाई निल्न सक्ने त्यो जंगली जनावरसँग उनी अंकमाल गर्छिन्, उसलाई चुम्बन गर्छिन् अनि आफ्नो जिउ वरपर बेर्छिन् । अढाइ वर्षकी छोरी एलिसा मेइ अजिंगर सँग खेलेको देख्दा उनका बुवाआमा डराउनुको साटो खुसी छन् ।
बर्मेली अजिंगरले जंगलमा सुँगुर, मृग तथा गोही समेतलाई निलेको देख्न पाइन्छ, टेलिभिजन च्यानलहरुमा । तर बेलायतको ब्राडफोर्डका रब कोवान तथा उनकी श्रीमतीका लागि भने अस्टिन नामको बर्मेली अजिंगर परिवारको सदस्य जस्तै छ ।
baby (1)
उनीहरुको परिवारमा अस्टिन मात्र होइन, अरु १८ वटा सर्पपनि छन् र ती मध्ये अस्टिन सबैभन्दा ठूलो हो ।
आठ वर्षे अस्टिन नामक उक्त अजिंगर निकै भद्र स्वभावको रहेको र उसको तौल ८२ किलो छ । यो अजिंगरलाई आहारा के होला ? यसले राजषर्ी खानेकुरा खान्छ । दैनिक रुपमा यसलाई खरायो तथा गिनी पिग भोजन गराइन्छ । हेरौँ अढाइ वर्षकी बालिका र अजिंगर बीचको हेलमेल
baby (2) baby (3) baby (4) baby (5) baby (6)






प्रतिक्रिया दिनुहोस्...