नेपाली यात्रु बेहोस भएपछि स्तानबुलका लागि उडेको टर्किस एयरको विमान तुर्केमिनिस्तान पुर्‍याइयो


काठमाडौं, असार २९/नेपाली यात्रु  उडानमै बेहोस भएपछि टर्किस एयरलाइन्सले आफ्नो उडान डाइभर्ट गरेको छ । मंगलबार विहान ७.४५ मा काठमाडौंबाट इस्तानबुलका लागि उडेको विमानमा नेपाली विरामी परेपछि तुर्केमिनिस्तान डाइभर्ट गरिएको हो ।
विमानमा रहेका नेपाली यात्रु मोहनबहादुर ब्रजाचार्य अचेत भएपछि विमान डाइभर्ट गरिएको थियो ।  डाइभर्ट गरिएको विमान नेपाली समयअनुसार विहान ११.४५ बजे तुर्केमिनिस्तानमा ल्याण्ड गरिएको थियो । उनलाई विमान अवतरण  गरेलगतै अस्पताल लगिएको थियो ।
झण्डैं ४० वर्षीय ब्रजाचार्यको लगतै उपचार प्रक्रिया सुरु गराइएको थियो । अक्सिन दिइएको छ भएपनि ब्रजाचार्य अहिलेसम्म बेहोस अवस्थाबाट सामान्य अवस्थामा र्फकन सकेका छैनन् । उनी एकदमै सिकिस्त रहेका छन् उनको रक्तचाप पनि उच्च देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्...