हात्तीले लखेट्दा बालिकाको ज्यान गयो
फोटो :फाइल फोटो
सप्तरी : सप्तरीको सप्तकोसी नगरपालिका–१० मा हात्तीको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–१० बस्ने सत्यनारायण यादव की अन्दाजी १३ वर्षीया सङ्गीता यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
गाईबस्तु चराउन स्थानीय जङ्गलमा गएकी सङ्गीतालाई कोसी टापु वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको थियो ।
बालिकालाई मङ्गलबार साझा गाईबस्तु चराउने बेला आरक्षबाट अचानक आएको हात्तीले लखेटेको सँगै गाई चराउन गएका १९ वर्षीय श्याम रामले बताए ।
रामका अनुसार स्थानीय गाउँमा आएर खबर गरेपछि इलाका प्रहरी कार्यालयका प्रहरी टोली र स्थानीयवासीले बालिकालाई राति खोज्दा भेटेका थिएनन् । ती बालिकाको शव बुधबार बिहान स्थानीय जङ्गलमा फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस