पोखरामा पहिररोले स्कुल पुरिदा बालबालीकाको कोलाहल
, काठमाडौं, ३१ असार । अबिरल बर्षासँगै गएको पहिरोले पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोडिर्ङ स्कुल पुरिएको छ । पहिरोमा केही स्कुले बालबालिका समेत परेका छन् । स्कुल पुरिएसँगै विद्यार्थीहरुको भागदौड मच्चिएको छ । स्कुल माथि रहेको माटोको ठूलो ढिस्को झर्दा पूरै स्कुल भवन पुरिएको हो ।
पहिरोमा पुरिएका मध्ये पाँच जना विद्यार्थीको स्थानीय तथा प्रहरीले जिवितै उद्धार गरेको छ । पहिरोमा अझै केही बालबालीका पुरिएको प्रहरीले आशंका गरेको छ । विद्यार्थीहरु परिक्षा दिइरहेका बेला गएको पहिरो पन्छाउने र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण भने आउँन बाँकी नै छ ।

