नेपाली कांग्रेसका गगन थापा इन्काउन्टरमा मारिएका चर्चित डन कुमार घैंटेको पक्षमा



काठमाडौं । शुक्रबार नेपाल प्रहरीको इन्काउन्टरमा मारिएका चर्चित डन कुमार घैंटेको पक्षमा आइतबारसम्म आइपुग्दा नेपाली कांग्रेसका गगन थापा पनि देखिएका छन् । थापा, कांग्रेसकै सभाषदद्धय जगदिशनरसिहं केसी र भिमसेनदास प्रधानसमेतले राष्टिय मानवअधिकार आयोगमा पुगेर प्रहरीले ज्यादती गरेको र कुमार घैंटे इमान्दार रहेको उजुरी गरेपछि गगन थापा र घैंटे कुमारको यसअघिको संलग्नताबारे गरिने आंशकाले ठाउँ पाएको छ । थापालाई यसअघि पनि  गुण्डागर्दीलाई प्रोत्साहन गरेको आरोप लाग्ने गरेको थियो । बेलाबेलामा थापाका विरोधीहरुले थापा मदिरापान र गुण्डागर्दीमा नतमस्तक हुने गरेको आरोप उनिमाथि छ ।

घैंटेको इन्काउन्टर लगत्तै  घैंटेको गुण्डागर्दीसँग थापालाई पनि जोडेर केही अनलाइन मिडियामा समाचार आएको थियो । बाहिर मिडियामा मौनजस्तै देखिएका थापा आइतबार प्रहरीको ज्यादती भन्दै मानवअधिकार आयोगमा पुगेपछि घैंटे र थापाबिचको सम्बन्ध थप रहस्यमय बनेको छ । स्वच्छ छवि तथा प्रगतीशिल कांग्रेसको छवि बनाएका थापालाई गएको संविधानसभाको चुनावमा समेत गुण्डा परिचालन गरी मतदातालाई प्रभावित गरेको आरोप लागेको थियो । अरु दुई सभाषदले यसअघि नै घैंटे इमान्दार रहेको तर गृहमन्त्रीको मिलेमतोमा प्रहरीले गुण्डागर्दी गरेको सार्वजनिक अभिव्याक्ति दिईसकेका छन् । मानवअधिकारकर्मी सुदीप पाठकको व्यावस्थापन तथा सहयोगमा आयोगको कार्यालय पुगेका थापा लगायतको समुहले घैंटे प्रकरणको बारेमा छनविन गर्न निबेदन दिएको छ ।





प्रतिक्रिया दिनुहोस्...