धरानमा गहनाको फेशन शो
गोपाल दाहाल
धरानमा पहिलो पटक विभिन्न जातजातिले लगाउने गहनाको फेशन शो आयोजना भएको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो २१ औं वाषिर्कोत्सवको अवसरमा गहनाको फेशन शो आयोजना गरेको हो ।
विभिन्न ९ वटा जातीको गहना प्रदर्शन गरिएको शोमा मिस लिम्बुका सहभागी स्मेता अवाजुङ, अञ्जना इवाहाङ, मिस कोशी क्विन विजेता मन्दिरा लामीछाने, सुम्निमा लिम्बु, रेश्मा राई, कामना लिम्बु, पिया लिम्बु, संगम खापुङ, रेसा श्रेष्ठ लिम्बुले राई, तामाङ, शेर्पा, गुरुङ, मगर, नेवार, थारु र आर्यन समुदायले लगाउने गहना लगाएर मञ्चमा उत्रिएका थिए ।
मिस लिम्बुकी मिस चार्मिङ कुन्नी हाङश्रोङले कोरियोग्राफी गरेको गहना फेशन शोमा बराह ज्वेलरीमा निर्माण गरिएका गहना प्रदर्शन गरिएको थियो । कार्यक्रममा चर्चित चलचित्र ‘रेशम फिलिली’का गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले ‘पारी त्यो डाँडामाथि घाम लाग्यो घमाईलो’ गाएर दर्शकलाई मनोरञ्जन दिए ।

चलचित्र जेरीका गायक हर्कुलिस बस्नेतले पनि दर्शकलाई नचाए । कार्यक्रममा नेपालकै अग्ला व्यक्ति राजन अधिकारी र होचा कलाकार दिपेन शाह दर्शककालागि आकर्षण बने ।