एयरपोर्टमा लिन आउँछु भनेर बाँचा गरेकी श्रीमती वेपत्ता भएपछि (भिडियो सहित)


काठमाडौं, ५ भदौ - गुल्मीका पदम बहादुर नेपाली जीवनले भविष्यको बाटो समातेर अघि बढ्ने बेलामा रेडियोबाट बज्ने पत्रमित्रताको कार्यक्रममा अल्झिए । १० कक्षा पढ्दै गरेका नेपालीले गुल्मीकै रमा न्यौपानेसँग पत्रमित्रता गरे । चिठि लेख्दा लेख्दै कालान्तरमा न्यौपाने र नेपाली गहिरो प्रेममा परे । उनीहरु एक अर्काविना बाँच्नै नसक्ने भएपछि २०६४ सालमा भागि विवाह गरे । रहर भएपनि जन्ति सहित रमाको माइती गाउ गएर रमालाई दुलही बनाएर ल्याउने नेपालीको सपनालाई जातको अग्लो पर्खालले छेक्यो । तर, रहर मरेकोमा उनलाई कुनै गुनासो थिएन । नत रमाले नै उनीसँग कहिल्यै गुनासो गरिन । 



एक अर्कामा निक्कै खुशी रहेको यो जोडि प्रेममै रमाउँदै गुल्मी छाडेर काठमाडौं झर्यो । काठमाडौंको फर्पिङमा डेरा गरि श्रीमती रमालाई छाडेर विवाह गरेकै वर्ष पदम बहादुर भोलीका सुन्दर सपना साचेर कतार हानिए । देश र आफूले अघात माया गरेर भगाएकी श्रीमती छाडेर हिड्ने बेलामा नेपाली र न्यौपानै दुबैले एक अर्कालाई राम्ररी हेर्न सकेनन् । दुबैलाई त्यो समय एक अर्कासँग छुट्टिएर हिड्न साह्रै गाह्रो भएको थियो । तर, भारी मनले आँखाभरी आँसु पारेर विदा गरिन रमाले पनि । उनी पनि गह्रौ मन बोकेर उडे सिमापारी । दुईवर्ष कतारमा संघर्ष गरे र नेपाल फर्किए नेपाली । रमा पनि निक्कै खुशी थिइन । केहि समय रमा र पदमले फेरि उसैगरी प्रेमिल जीवन बिताए । उनीहरुको यो प्रेममा झन धेरै खुशी थपियो जब उनीहरु आमा बाबु बने । 

छोरी जन्मिएसँगै पदममा अझै जिम्मेवारी बढेको महशुस भयो । आफूले पढ्ने उमेरमा प्रेम गरेर पढाई विगारे पनि छोरीलाई भने धेरै पढाउने उनको धोको थियो । त्यहि धोकोले हो उनलाई फेरी मलेसियाले तान्यो । उनी २०६८ सालमा फेरी मलेसिया उडे । यस पटक उनले पहिलाको भन्दा राम्रो काम हात पारे । मलेसिया पुगेर त्याहाँको एक कम्पनीमा फर्निचरको काम थालेका पदमको यसपटक कमाई पनि राम्रै थियो । प्रविधि र सञ्चारको विकासले गर्दा दुबै दिनहुँ फोनमा कुरा गर्थे, भविष्यका सपना साट्थे एक अर्कामा रमाउँदै । जीवन सहजै वितिरहेको थियो । तर, त्यतिबेला पदमको सारा सपना खरानी भयो जब उनी विदेश नफर्कने सोच सहित नेपाल फर्किए । मलेसियाको राम्रो कमाइ श्रीमतीको नाममा पठाएका पदमलाई अब सधैं अर्काको देशमा बसेर हुँदैन नेपाल फर्किएर सानो व्यापार गरेर जीवन चलाउँनु पर्छ भन्ने सोच आयो । 

उनले रमासँग सल्लाह गरेर २०७१ साल चैत १५ गते नेपाल आए । त्रिभुवन विमानस्थलमै लिन आउँछु भनेकी रमाको फोन अफ थियो । राती काठमाडौं झरेका पदमले सोेचे मोबाइल अफ भयो होला, भोली लिन आउँछिन । उनी त्यहाँबाट साथीकोमा गएर बसे । तर, उनीकी श्रीमतीले नत उनलाई लिन आइन, नत आउँनु भनेर एक पटक फोन गरिन । उनले पनि फोन गर्न पाएनन् । रमाको फोन अफ थियो र आजसम्म पनि अफ नै छ । उनी आफै कोठामा पुगे, त्यसपछि झन उनलाई सगरले थिचे झै भयो । रमाले त उनले कमाएको रकम सहित डेराको सामान समेत बेचेर आफ्नो बाटो तताइ सकेकी रहिछन् । डेराको सामान ५० हजारमा बेचेर हिडेकी रमाले उनी डेरामा पुगेको केहि दिन पछि फोन गरेर आफू विराटनगर रहेको बताउँदै लिन आउन आग्रह गरिन । दुबैजनाको सहमतिमा उनी फेरी रमालाई लिन नारायनगढ पुगे । तर, यसपटक पनि रमाले पदमको भावनासँग खेलिन । उनी आइनन्, फेरी रमा सम्पर्क बाहिर पुगिन । यता पदमको अवस्था अब बिग्रदै जान थाल्यो । 

यतिका वर्ष विदेमा पसिना बगाएर कमाएको नत पैसा थियो उनको साथमा, न श्रीमती, न छोरी पागल जस्तै बनेका पदमले केहि सोच्न सकेनन् । उनले बाँच्ने हिम्मत जुटाउँनै सकेनन् । मर्नका लागि मेटासिट सेवन गरे । तर, मान्छेलाई बाँच्न नचाहेको जीवन मास्न पनि कहाँ सजिलो छर । विष सेवन गरेको १२ दिन पछि होसमा आएका पदम अहिले आफन्तको सहारामा बस्दै आएका छन् । त्यसपछि पनि नयाँ नमबरबाट रमाको फोन आयो । आफूलाई कसैले बन्धक बनाएको खबर आयो । तर, फेरी ति नम्बर पनि अफ भए । रमा बेखर छिन् । छोरीलाई काखमा राखेर ममताले मुसार्ने पदमको सपनाले बारम्बार अर्धचेत बनाउँछ । रमालाई कसैले अपहरण गरेकै हो भन्ने पनि ठाउँ छैन, जब डेरामा दुखमा जोडेका सबै सामान बेचेर हिडेकी छन् । उनले कमाएर पठाएको र बचत भएको एक रुपैया पनि खातामा छैन् । उनी न्याँयका लागि भौतारिरहेका छन् । पदम त वैदेशिक रोजगारमा गएर सुन्दर परिवार र भविष्य गुमाउँने एक प्रतिनिधि पात्र मात्रै हुन । नेपाली समाजमा पछिल्लो समय जति रेमिट्न्स भित्रने क्रम बढ्दो छ उतिनै चुलिदै छन् पारिवारिक विखण्डनहरु । यस्ता धेरै घटना सार्वजनिक हुँदै गर्दा अब वैदेशिक रोजगारीका लागि उडान भर्दै गरेका युवाहरुले पनि गम्भिर भएर सोच्नु पर्ने बेला भएको छ । 

 (भिडियो सहित) 





प्रतिक्रिया दिनुहोस्...