साउदी, दुबई र कतारको मुद्रा एक हप्तामा कति बढ्यो ?


डलरको भाउ बढ्दै जाँदा साउदी, दुबई र कतारमा कामको सिलसिलामा गएका नेपालीहरुलाई थप फाइदा पुगेको छ।

डलरसँगै ति देशहरुको मुद्रा पनि महँगिदै गएको छ। कतारको मुद्राको विक्रीदर मूल्य शनिवार २९ रुपैयाँ पुगेको छ भने खरिददर मूल्य २८ रुपैयाँ ८३ पैसा रहेको छ। यो गत शनिवार भन्दा ३० पैसा महँगो हो।

त्यस्तै साउदी रियालको विक्रीदर मूल्य २८ रुपैयाँ १५ पैसा तथा खरिददर मूल्य २७ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। एक हप्ताको अवधिमा यो २९ पैसाले महँगो भएको छ।

दुबईको दिरामको विक्रीदर मूल्य २८ रुपैयाँ ७५ पैसा तथा खरिददर मूल्य २८ रुपैयाँ ५९ पैसा पुगेको छ। यो पनि गत शनिवारभन्दा ३० पैसाले महँगो भएको छ। 





प्रतिक्रिया दिनुहोस्...