टिचिङ पुगेर कांग्रेस नेताले भने–घैंटे मारिनु पहिले नै प्रहरीले घटनास्थल वरिपरिका पसलहरु बन्द गराएको थियो
काठमाडौं, भदौ ३– प्रहरी इन्काउन्टरमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गुण्डा नाइके कुमार घैंटेको मृत्यु भएको प्रहरीले जनाएपछि कांग्रेसका नेता तथा सभासद जगदिश्वर नरसिंह केसीले उनको योजनाबद्ध ढंगले हत्या भएको दाबी गरेका छन् ।
उनले घटनाको सत्यतथ्य बाहिर ल्याइनुपर्ने माग गर्दै पुलिसले जथाभावी मान्छे मार्दै हिँड्न नपाउने बताए ।
यसैबीच घैटे मारिएको खबरसँगै कांग्रेसका नेता कार्यकर्ता अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेला भएका छन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने भन्दै प्रहरी र गृहप्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा बाक्लो संख्यामा नेता कार्यकर्ता भेला भएपछि प्रहरी पनि सोहि अनुपातामा परिचालन गरिएको रातोपार्टीकर्मीले जनाएका छन् ।
अहिलेसम्म कांग्रेसका नेताहरु केसीसहित सभासदद्वय धनराज गुरुङ र मोहन राई टिचिङमा पुगिसकेको र अन्य नेताहरु पनि आउने क्रम जारी रहेको बताइएको छ ।