घैँटेको मृत्यु कि हत्या ?पुरा पढ्नुहोस

हुन त चरीको मृत्यु पछि नै प्रहरीले काठमाडौँमा चन्दा असुली र गुण्डागर्दीको पेशामा रहेका मोस्ट वान्टेडहरुलाइृ विशेष निगरानीमा राखेर खोजीरहेको थियो । तर चरीको घर नजिकै आक्रमण हुनु र अझ त्यसमा सादा पोशाकका प्रहरीले गोली चलाउनु आफैमा शंकास्पद छ । प्रहरी इनकाउन्टरमा चरीको छातीको माथिल्लो भागामा मात्रै ८ राउण्ड गोली लाग्नुले पनि प्रहरीले उनलाई पक्राउ गर्न भन्दा पनि सिध्याउन खोजेको त हैन कतै भन्ने प्रश्न समेत उब्जिन्छ ।
पोष्टमार्टम रिपोर्टमा चरीको शरीरमा ८ वटा गोली भेटीएकाले र दोहोरो फायरीगंमा प्रहरी तर्फ केही नहुनुले पनि घटना शंकास्पद छ । आक्रमणमा चरीसँगै रहेका उनका सहकर्मी राजेन्द्र महर्जन र सरेन्द्र महर्जनलाई भने घुँडा भन्दा तलको भागमा मात्रै गोली लाग्नुले उनको मृत्यु पछि पनि थुप्रै प्रश्नहरु जिवित बनेर उभिएका छन् ।