»
संविधान घोषणा नभएसम्म सिके राउत घरमै नजरबन्द
संविधान घोषणा नभएसम्म सिके राउत घरमै नजरबन्द
श्रो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhOufyx0A_sDGzy5Bxqt-fC7u4QFXsN5jesdCk0HbBN6ZylXZ6bVJmog44sOI491uWGgb_8yzXEY7hljCeQyA1ovA6FwPtDA318VkgrEhh5VILlEHr-iAsTIMc5-LMxFim0Py-KKd4y8oo/s640/Untitled.png)
त खबर डबली => काठमाडौं । मधेसलाई नेपालबाट टुक्राएर अलग्गै राज्य बनाउने अभियान चलाइ रहेका सिके राउतलाई सरकारले संविधान घोषणा नभएसम्म उनकै घरमा नजरबन्दमा राख्ने भएको छ । राज्यद्रोहको मुद्धामा बैशाख १० गते सर्वोच्चबाट सफाई पाएका राउतलाई सुरक्षा संबेदनशिलताका कारण नजरबन्दमा राखिएको उच्च सुरक्षा स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । राउतले खबरडबलीसँग कुरा गर्दै भने– ‘मैले सर्वोच्चबाट बैशाख १० मा सफाई पाएर आए लगत्तै केही समय कडा निगरानीमा थिए तर भूकम्पपछि मलाई घरमै नजरबन्द राखिएको छ । यो बीच मलाई बाहिर जिल्लाहरुमा जान रोक लगाईएको छ ।’ गृहसचिव सूर्यप्रसाद सिलवालले राउतलाई नजरबन्दमा नराखिएको तर उनकै सुरक्षालाई मध्यनजर गर्दै सर्तकता अपनाईएको बताए । साथै उनले राज्यविद्रोहको र राज्यको सार्वभौमिकतामा असर पर्ने कुनै पनि गतिविधि गरेमा पक्राउ गर्न सकिने जनाए । राजबिराज ९ स्थित राजदेवी टोलमा आफ्नै घरमा नजरबन्द रहेका उनलाई सरकारले संविधान घोषणा नभएसम्म घरबाट बाहिर जान नदिने योजना सरकारको रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई घरमा गरिएको नजरबन्द ‘होम अरेस्ट’ मात्र हो । सिके राउत संग गरिएको कुराकानीको
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhMhR39Gh1ViQBHUdqI9Jlbp_83egKoRNL8I-xyeq_QMQjSuALGAy0URFw4f9IxFaa5IrSM08rc29U64kHBf_XXwTk66ZQ6eEzI7dU55A_l9T7W6IsuDTtJertu7Isqz3kn_4Fk1Q6if40/s640/videoclics.png)
Labels:
प्रतिक्रिया दिनुहोस्...