श्रम राज्यमन्त्री कोरिया जाने, श्रम सम्झौता नविकरण मुख्य एजेण्डा


विकाश श्रेष्ठ ।
२६ साउन, सोल, दक्षिण कोरिया ।

श्रम सम्झौता नविकरण गर्न नेपाल सरकारका श्रम राज्य मन्त्री टेक बहादुर गुरुङ केही साता पछि कोरिया आउने भएका छन् । श्रम सम्झौता सकिएपछि नविकरण गर्न राज्य मन्त्री गुरुङको टोली कोरिया आउन लागेको हो । दुइ वर्षको समयावधि रहने श्रम सम्झौता पछिल्लो पटक सन् दुइ हजार बाह्रमा भएको थियो ।

नविकरण प्रक्रिया शुरु भएको र अबको तीन साता भित्रमा राज्य मन्त्री गुरुङ कोरिया आउने तयारी भइरहेको छ । आगामी दुइ वर्षका लागि सम्झौता नविकरण हुने भएको छ ।


सम्झौताका क्रममा राज्य मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन, शुरुमा इपिएस मार्फत कोरिया आउदाँ लाग्ने हवाई भाडा सम्बन्धित रोजदातालाई व्योहोर्नुपर्ने लगायतका माग राख्ने बताइएको छ ।

अहिले सम्म कोरियामा आउदाँ हवाई भाडा, स्वास्थ्य परिक्षण लगायतका शुल्क नेपाली कामदार स्वंयमले व्यहोर्दै आएका छन ।

कोरिया इपिएस मार्फत रोजगारीका लागि वर्षेनी पाँच हजार पाँच देखि छ हजार नेपाली कामदार आउने गरेका छन् । सन् दुइ हजार आठमा इपिएस प्रणाली लागू भएयता ३२ हजार पाँच सय भन्दा बढी नेपाली कोरिया भित्रिसकेका छन् भने सयौ संख्यामा अवैधानिकरुपमा लुकेर बसेका छन् ।





प्रतिक्रिया दिनुहोस्...