रामप्रसाद खनाललाई कोरियाबाट नेपाली चेलीको पत्र


रामप्रसाद खनाल ज्यु,
लोक गायिका ज्योति मगरलाई सुझाव दिएसंगै अहिले तपाइँ चर्चामा हुनुहुन्छ | स्वदेश विदेशमा सामाजिक संजालमा ज्योति र तपाइको बराबरी चर्चा भैरहेको छ | ती चर्चाहरु राम्रा नराम्रा दुवै खालका छन् | सबै ठाउँमा हामी सहि तपाई गलत भन्न खोजेकी होइन । तपाइले ज्योतिलाई राम्रो बोली र सकारात्मक रुपले पनि त सुझाव दिन सक्नुहुन्थ्यो नि । यसरी अपशब्द मार्फत देश बिदेस फैलाएर हाम्रो हामी नेपाली छोरिको बदनाम किन गर्नुभयो ? ज्योती मगरलाई तपाइँलाई दिएको सुझाव जस्तै तपाइँका छोरी,बुहारी,दिदीबहिनी,नातिनीहरुलाई अरु कसैले त्यस्तो सुझाव दियो भने तपाई के भन्नु हुन्छ ??     म ज्योती मगरको प्रशंसक भएर यी कुरा लेखिरहेकी छैन । म नेपाली छोरी हुँ त्यसैले तपाइको सुझाव सिंगो नेपाली महिलाको लागि हो भनेर बुझेको छु | महिला माथिको आलोचना गर्नेहरुलाइ केही कुरा भन्न मन लागेर केहि लेख्न लागेकी हुँ | आज रामप्रसाद खनाल मात्र होइन अन्य सबै रामप्रसादहरुलाई |     धर्म संस्कृती जोगाउने नाउंमा धर्मको बेइजत गर्दै पुरै शरीर नांगो पारेर हिड्ने चाही साहसी  पुरुष हुने ??  बालिका, बुढी आमा ,दिदिबहिनी,छोरि नातिनी,बुहारी ,सासू केही नभनी आफ्नो सिकार बनाइ मृत्युको मुखमा धकेल्ने यी बलवान् पुरुषहरुलाई के भन्नु हुन्छ तपाई ? सक्नुहुन्छ भने त्यस्ता बहादुर पुरुषहरुलाई नीलो फिल्म खेल्ने सुझाब दिनुहोस ,जहाँ खुशिले  आफ्नो सम्पूर्ण पुरुषार्थ देखाउन |     आज २१ औं शताब्दी , गणतन्त्र लोकतन्त्र, सवै आएको देशमा अनि समय अनुसार परिबर्तन भैरहेको हाम्रो समाजमा छोटो लुगा लगाएर नाच्दा चाहिँ कति सजिलै मीठो सुझाब दिनुभयो सायद यहिनै हामी नेपाली छोरिको कमजोरी हो जुन देशमा हाम्रो जन्म भएको छ।यदि कसैले यस्तो मन पराउनु हुदैन भने किन हेरिएको हुन्छ धेरै किन??मन पराइएको हुन्छ यस्तै म्युजिक भिडियोहरु अनि किन बनाइएको हो ?? त्यस्ता भिडियोमा मोडेलिङ गर्ने केटिको मात्र दोष हुने ? यसमा गीत लेख्ने,गाउने निर्देशन गर्नेको जिम्मेवारी हुदैन ?     संस्कृती, रितिरिवाज,धर्म चाड्पर्ब जोगाउने नाउँमा लामो गुन्यु बेरेर भए नभएका गहना पहिरिएर बिरहि गित गाएर बलिन्धारा आँसु बगाएर सौतेनी आमाको आलोचना ,जड्या पोइ, सासू ससुराको घोचाई , जातीय भेदभाब , बोक्सिको आरोपमा जिउदै जल्नुपरेको पीडा बिदेशमा बेचिनुपरेको , अन्पढ जस्ता थुप्रै थुप्रै गित गाएर नाचेर त यो समाजमा के नै नारिलाइ हेर्ने दृष्टि फरक भएको छ र ?? अनि छोरा र छोरी बिचको भिन्नता कहाँ नै टुंगिएको छ र यो समाजमा खास यस्तो हुनेहो भने कति छोरी आमाको कोख भित्रै मारिने थिएनन होला।   नारी हुनुको बाध्यता अनि आफुले सहनु परेको अपहेलना नारी विशेष तीजका गितहरु मार्फत पोखिएका भए अनि आँसु झार्दै रोएको देखेको भए तपाई र हाम्रो समाज खुशी हुन्थ्यो होला | छोरी चेलिका पिर ब्यथा सुनेर खुशी मनाउने बानी पर्नुभएका बुझ्नुहोस चाड्बाड कुनै दुख पिर होइन हाँसि खुशिमा मनाउनुपर्छ। ज्योतिको तीज गीतलाई त्यसरी लिन सकिन्नथ्यो??   वास्तबमा संस्कृती जोगाउनै कुरा गर्ने हो भने पहिलेदेखिनै विशेष नारिको चाड मानिन्छ तीज। अहिले नारिलाई  भन्दा बढी पुरुष अगाडि किन ??यो प्रश्न पनि तपाईप्रति ?? जहाँसम्म लाग्छ जे जति परिबर्तनहरु भईरहेका यो सबै समय ,परिबेश अनि हाम्रो समाजको देन हो। त्यसैले सक्नुहुन्छ भने भानुभक्तको बधु शिक्षाको चिन्तनलाई त्यागेर आफुहरुलाई पनि यहि परिबेश समाजमा ढाल्न सिक्नुहोस होइन भने विभिन्न बिकसित मुलुकमा बसेर हामी नेपाली छोछोरीलाई अप शब्दको सुझाब दिने तपाइँलाई कुनै अधिकार छैन |     वास्तबमा हामीहरुले सम्मान दिंदादिदै पनि आफ्नो देश छोडेर बिदेशिनु भएका कलाकार अनि विशिष्ट ब्यक्तीहरुमा साँचिनै आफ्नो देश संस्कृतिको यति धेरै माया छ भने बिदेशी मुलुकमा सिकेको कुराहरु भन्दा बिपरित भएर कुरा नगर्दिनुस ।सम्भब भए बिदेशमै बसेर भए पनि आफुभित्रको कला,ज्ञान ,सीप देखाउनुहोस् हामी सम्मान गर्न तयार छौं |





प्रतिक्रिया दिनुहोस्...