सम्भोगमा चरम आनन्दका एक दर्जन फाइदा हरु जानी राख्नुहोस !!



sex
तपाइँमुनिको जमिन कम्पन हुन्छ, आँखा ठूलाठूला बन्दछन् अनि जिउ आनन्दले चसक्क पार्दछ । यसमा शंकै छैन की यौनमा हुने चरम आनन्द वास्तवमै अनौठो हुन्छ र अझ महत्वपूर्ण कुरा यो स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ ।
सरीरको रोगप्रतिरोधी क्षमता बढाउने देखि लिएर अनुहारमा चमक ल्याउने तथा हृदयाघात र मुटुरोगबाट बचाउने देखि लिएर दीर्घजिवी बनाउने सम्मका फाइदा सम्भोगका कारण प्राप्त हुने दाबी डाक्टरहरुले गरेका छन् ।
चरम आनन्दका १२ फाइदा यस्ता छन्-
  • एन अर्गाज्म ए डे किप्स दी डक्टर अवे अर्थात् दिनमा एक पटकको चरम आनन्दले डाक्टर टाढै राख्दछ । बेलायतको नेसनल हेल्थ सर्भिसेसले हालै यहीँ नारा लेखिएका पोष्टर तथा पुस्तिकाहरु नै छापेर कलेजका विद्यार्थीहरुलाई बाँडेको छ । उसका अनुसार नियमित सेक्स तथा हस्तमैथुन मानिसको समग्र स्वास्थ्यका लागि निकै महत्वपूर्ण छ ।
  • गत वर्ष एउटा अनुसन्धान भएको थियो की सम्भोगको चरमोत्कर्षमा महिलाको मस्तिष्कमा कस्तो प्रभाव पर्दछ । त्यसक्रममा चरम आनन्दका बेला महिलाको मस्तिष्कका ८० वटा आनन्ददायक भागहरु सक्रिय भएर बलेको पाइएको थियो । यस क्रममा मस्तिष्कले लभ हर्मोन अक्जिटोसिन उत्सर्जन गर्दछ ।
  • दी कम्पास अफ प्लेजरका लेखक तथा न्युयोर्कका स्नायुविज्ञ डाक्टर डेभिड लिन्डेनले महिला, पुरुष तथा समलिंगी लगायतका मानिसहरुको मस्तिष्कको स्क्यान गरे । त्यसक्रममा उनले सबैथरीका मानिसको मस्तिष्कमा चरम आनन्दका क्रममा सक्रिय हुने सर्किट रहेको पाइयो । त्यसक्रममा मस्तिष्कबाट डोपामाइन भन्ने तत्व उत्सर्जन हुने गर्छ । यसले मानिसमा लागु औषध सेवन जस्तै अनुभुति गराउँछ । त्यसैले होला सेक्स तथा चरमआनन्दले मानिसमा लत बस्दछ । लागु औषधको लत कम गर्न समेत नियमित यौन सम्पर्क सहयोगी हुने दाबी विज्ञहरुको छ ।
  • अक्जिटोसिन हर्मोन यस्तो हर्मोन हो जुन महिलामा बच्चा जन्मिँदा, दुध चुसाउँदा निस्किन्छ । अनि सम्भोगको चरम आनन्दका बेला पनि यो हर्मोन निस्किन्छ । यो लभ हर्मोन हो । यसका कारण पार्टनरबीच सम्बन्ध गाढा हुन्छ । आपसी विश्वास दहि्रलो बन्दछ । यसले महिला तथा पुरुष दुबैमा उस्तै प्रभाव पार्छ र सम्भेाग पछि पनि पार्टनरहरु एक आपसमा अँगालो मारिरहन्छन् ।
  • बेलायती वैज्ञानिकहरुका अनुसार सम्भोगको चरम आनन्दले मानिसको रक्तचाप घटाएर सन्तुलित बनाउन तथा तनावको मात्रा पनि घटाउन सहयोग गर्दछ । सम्भोगका बेला उत्सर्जन हुने विभिन्न खाले हर्मोन तथा रसायनहरुले यस्तो सकारात्मक प्रभाव पार्ने विज्ञहरुको भनाइ छ ।
  • नियमित सहवास अनिद्राको समस्या भएका मानिसहरुका लागि निद्रा पार्ने उत्तम औषधि हो । डाक्टरहरुले कतिपय अनिद्राको समस्या भएका महिलाहरुलाई भाइब्रेटरको प्रयोग गर्ने सल्लाह समेत दिने गरेका छन् ।
  • रुघाखोकीले सताइरहन्छ ? औषधि खाइरहने तथा भिटामिन सी को सेवन गरिरहने कुरालाई भन्दा सहवासमा कति धेरै चरम आनन्द लिने भन्ने तर्फ ध्यान खिच्नुहोस् । एक अध्ययन अनुसार नियमित सम्भोग गर्ने मानिसहरुमा रुघाखोकीको समस्या कम हुन्छ । अध्ययन अनुसार हप्तामा कम्तिमा एक वा दुइपटक सम्भोग गर्दा इम्युनोग्लोबुलिनको मात्रा बढ्दछ । यो र्याल तथा नाकमा हुने महत्वपूर्ण एन्टीबडी हो ।
  • महिलामा नियमित सहवास तथा चरम आनन्दले अनुहारमा चमक ल्याउँछ । यसले छालामा रक्तप्रवाह बढाउने र अनुहार चमकदार तथा रातोपिरो बनाउँछ अनि चाउरी पर्नबाट रोक्दछ । सेक्सका क्रममा बुढ्यौली प्रतिरोधी हर्मोन डिएचइए पनि उत्सर्जन हुन्छ ।
  • सहवासको चरम आनन्दले टाउको दुखाइ पनि निको पार्छ । चरम आनन्दका क्रममा उत्सर्जन हुने रिल्याक्सिङ हमोर्नले तनाव कम गर्ने तथा टाउको दुखाइ घटाउने शोधकर्ताहरु बताउँछन् ।
  • बेलायती शोधकर्ताहरुका अनुसार सहवासको चरम आनन्दले महिला तथा पुरुष दुबैको प्रजनन क्षमता बढाउँछ । खासगरी महिलामा चरमोत्कर्षवाला सहवासका बेला गर्भाधारण गर्ने सम्भावना चरमोत्कर्ष नहुने सहवासमा भन्दा बढि हुन्छ ।
  • बेलायती शोधकर्ता डाक्टर लिसा टर्नरका अनुसार यदि तपाइँ आफुलाई हृदयाघात नहोस् भन्ने चाहनुहुन्छ भने नियमित रुपमा सहवासमा चरम आनन्द लिनुहोस् । इजरायलमा गरिएको अध्ययन अनुसार हृदयाघात हुने महिलामध्ये अधिकांस महिला कम चरम आनन्द प्राप्त गर्ने महिलाहरु रहेका छन् ।
  • हाइ हिल लगाउने महिलाहरुले चरम आनन्द बढि प्राप्त गर्ने अध्ययनले देखाएको छ । यसको कारण हो हाइ हिल लगाउनाले चरम आनन्द सँग सम्बन्धित पेल्भिक फ्लोर मसल्सहरुमा कसरत पुग्नु । त्यसैले यदि हाइ हिल लगाउन चाहनुहुन्छ भने तपाइँलाई सम्भोगको चरम आनन्द प्राप्तिमा समेत फाइदा पुग्छ । एजेन्सीको सहयोमा






प्रतिक्रिया दिनुहोस्...