बागमती थुनियो, तीनकुने-शान्तिनगर क्षेत्र जलमग्न



काठमाडौँ, ३२ साउन - राजधानीको तीनकुने-शान्तिनगर हुँदै बग्ने बागमती नदी थुनिएको छ। पुल नजिकै दुबैतर्फ निर्माण गरिएको डाइभर्सनका नदि थुनिएपछि उक्त क्षेत्र सोमबार बिहानैदेखि जलमग्न भएको हो ।

पुलको पचास मिटर तलमाथि निर्माण गरिएको डाइभर्सन ६ महिना नबित्दै बाढीले यसअघि बगाएको थियो भने पुनर्निर्माणको एक महिना नबित्दै फेरि दुबै डाइभर्सन बगाएको छ। आइतबार रातिको वर्षाका कारण बागमती नदीमा बाढी आएपछि डाइभर्सनका कारण आसपासका क्षेत्र जलमग्न भएका छन् भने डाइभर्सन पनि बगाएको छ।

नदीको किनारामा सिद्धेश्वर माध्यमिक विद्यालय र भिएस निकेतन स्कुल रहेका छन्। राती परेको वर्षाका कारण बढेको बागमतीलाई डाइभर्सनले थुनिदिएका कारण सिद्धेश्वर माविको कम्पाउण्ड समेत डुवानमा परेको छ भने नदी किनार वारीपारीका करिडोर डुबानमा परेका छन्।

सौजन्य: इमेज खबर





प्रतिक्रिया दिनुहोस्...