नेताले भाषण गर्ने मञ्चमा कलाकारको यस्तो प्रस्तुती(भिडियो सहित
काठमाडौं, भदौ १३ । गाईजात्राको अवसर पारेर हांस्य कलाकारहरुले पनि काठमाडौंमा समसामयिक तथा राजनीतिक विषयमा व्यंङ्ग्यात्मक प्रस्तुती गरेका छन् ।
सामाजिक विकृति तथा विसंगतीलाई हांस्यव्यंग्यमार्फत कलाकारहरुले गाइजात्रामा बेला प्रस्तुती गर्ने गर्दछन् ।
रिपोर्टर्स क्लबले गरेको कायक्रममा हास्य कलाकारहरु राजाराम पौडेल, दिपाश्री निरौला, दिपकराज गिरी, मनोज गजुरेल, सिताराम कट्टेल लगायतले व्यंग्यात्मक प्रस्तुति देखाएका हुन् ।
कलाकारहरुले राष्ट्रमा शान्ति र सुव्यवस्था होस् भन्ने कामनासमेत गरेका छन् । सधैं राजनीतिक दलका नेताहरुले मात्र भाषण गर्ने क्लबको मञ्चमा कलाकारहरुको व्यङ्गले पत्रकारहरु खुवै हाँसेका थिए ।
