प्रधानमन्त्री कोइरालाले भने-‘कैलाली घटनाका दोषीलाई कुनै हालतमा छोडिदैन्’



काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ । हिंसात्मक घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउदको परिवारसँग आइतबार बालुवाटारमा भेट्दै प्रधानमन्त्री कोइरालाले घटनामा संलग्न जो सुकैलाई पनि कारवाही गरिने विश्वास पीडित परिवारलाई दिलाउनुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले प्रधानमन्त्री कोइरालाले अपराधिक मात्र होइन, राजनीतिक रुपमा पनि दोषीलाई कारबाही गर्ने बचन पीडित परिवारलाई दिएको जानकारी दिनुभयो । ‘टीकापुर घटनामा संलग्नलाई जो सुकैलाई पनि कारबाही हुन्छ, सरकारले दोषीलाई कुनै हालतमा पनि छाड्दैन्,’ प्रधानमन्त्री कोइरालाको भनाईलाई उदृत गर्दै प्रेस सल्लाहकार प्रधानले भन्नुभयो । हिंसात्मक घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउद प्रधानमन्त्रीसँगको भेटमा पीडित परिवारले घटनामा मारिएका बालकलाई बालसहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
जवाफमा प्रधानमन्त्री कोइरालाले माग सम्बोधनको प्रयास गर्ने आश्वासन दिनुभएको हो । गएको सोमबार कैलालीको टीकापुरमा थरुहट र प्रहरीबीच भीडन्त हुँदा गोली लागेर डेढ वर्षीय बालक साउँदको मृत्यु भएको थियो भने, घरेलु हतियारसहित आएका आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...