काठमाडौंमा फेरि हल्लायो, कुलेश्वर केन्द्रबिन्दू, राजधानीबासी तर्सिए
काठमाडौं, श्रावण ३१ । आइतबार दिउँसो काठमाडौं केन्द्रबिन्दू भएर पराकम्पन आएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दू भएर ३ दशमलव ८ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
धक्काको महसुस गरेका केही राजधानीबासी आत्तिएर घरबाहिर निस्किएका थिए । यो धक्का गत वैशाख१२ को शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले वैशाख १२ यता हालसम्म ४ म्याग्निच्यूडमाथिका ३७६ ओटा पराकम्पन मापन गरिसकेको छ ।

