नवलपरासीमा प्रदर्शनकारीमाथि गोली प्रहार
काठमाडौं, ३० साउन । नवलपरासीमा प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली प्रहार गरेको छ । नवलपरासी क्षेत्र नं. ४ का सभासद बैजनाथ चौधरीको तिलकपुरस्थित मगरमुढामा रहेको घरमा आक्रमण गर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनले उग्ररुप लिन थालेपछि नवलपरासीको सुरक्षा कडा पारिएको बताइए पनि सभासद्को घरमा आक्रमणको प्रयास भएको हो ।
प्रहरीसँग विभिन्न स्थानमा झडपमा उत्रेका प्रदर्शनकारीले दक्षिणीभेगका बासाबसही, बेलाटारी र महेशपुर प्रहरी चौकी घेराउ गरेका छन् । थरुहट राज्यको माग गर्दै थारु समुदायले, ६ प्रदेशको विरोधमा मधेश केन्द्रीत दलले र अखण्ड नवलपरासीको माग गर्दै स्थानीयले गरेको बन्दका कारण नवलपरासीको जनजीवन ६ दिनदेखि कष्टकर बनेको छ ।


