धादिङ केन्द्रविन्दु बनाएर एकाबिहानै पराकम्प


काठमाडौँ, भदौ १३ । आइतबार एकाबिहानै भूकम्पको पराकम्प गएको छ । धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पराकम्प विहान ३ बजेर ९ मिनेटमा गएको हो ।
यसअघि बिहिबार गोर्खा केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने त्यसअघि बुधबार ४.२ रेक्टर स्केलको पराकम्प सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएको गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गतेगोरखाा भुकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ८६ पटक पराकम्पन गैसकेको छ ।





प्रतिक्रिया दिनुहोस्...