‘जीवनमा मेरो जस्तो दुःख कसैले पनि भोग्नु नपरोस, मेरो खुशी चुँडेर लैजाने कोही आयो


काठमाडौँः सङ्घर्ष, प्रेरणा र सफलताको कथा हुन् शान्ता चौधरी । पत्याइनसक्नु भोगाई र सङ्घर्षको जीवन कथा बोकेकी तीनै शान्तामाथि सौता आएकी छिन् अहिले ।

कमलरी जस्तो कुप्रथाको शिकार बनेर अनगिम्ती हण्डर खाँदै सभासद्सम्म बनेकी शान्ताको मन अहिले अशान्त बनेको छ ।  टिकापुरमा घटेको सिंहात्मक घटनाले त्रसित बनेका कैलालीबासीको भन्दा पनि बेचैन बनेको छ अहिले शान्ताको मन । सोमबार साँझ नयाँ पेजले शान्तालाई सम्पर्क गर्दा उनी कुनै औपचारिक कार्यक्रम वा छलफलमा व्यस्त थिइन् ।

उनीसँग केहीबेर आन्तरिक कुरा गर्ने प्रस्तावपछि उनी सकेसम्म मुख नखोल्ने पक्षमा नै थिइन् । ‘घरायसी कुरा हो, यसबारेमा कुराकानी नगर्दा नै उचित होला कि,’ उनले भाबुक हुँदै भनिन्, ‘छाडिदिनुहोस मेरो जीवनमा सुख भन्ने लेखेकै रहेनछ, यसैमा चित्त बुझाउँछु ।’

कमलरी जस्तो कुप्रथाको शिकार बनेर अनगिम्ती हण्डर खाँदै सभासद्सम्म बनेकी शान्ताको मन अहिले अशान्त बनेको छ ।  टिकापुरमा घटेको सिंहात्मक घटनाले त्रसित बनेका कैलालीबासीको भन्दा पनि बेचैन बनेको छ अहिले शान्ताको मन ।

केही बेरको मौनतापछि फेरि उनी गलाअबरुद्ध पार्दै बोलिन् । ‘जीवनमा मेरो जस्तो दुःख कसैले पनि भोग्नु नपरोस, जीवनका धेरै दुःख र पीडालाई लुकाउँदै तामाका मुना जस्ता छोरा–छोरी अनि इमानदार पति सम्झेर बाँचेकी थिएँ । मेरो खुशी चुँडेर लैजाने कोही आयो,’ उनी फेरि भाबुक बनिन् ।
मन दरिलो बनाएको अभिव्यक्ति दिए पनि उनको आवाजले नै हतास भएको प्रष्ट हुन्थ्यो । ‘मेरो श्रीमान् हेर्दा एकदम सोझो हुनुहुन्छ । अनुहार हे¥यो माया लाग्छ ।
मैले जीवनमा उहाँले यस्तो गर्नुहोला भनेर सोचेकी पनि थिइन्,’ फेरि एक पटक भाबुक बन्दै शान्ताले भनिन्,’ एक पटक उहाँ (श्रीमान)ले घरमै लिएर आउनु भएको थियो । मैले उनीलाई निकै सम्झाएर पठाएकी थिएँ । महिला भएर महिलाको भावना बुझ्नुपर्छ भनेर सम्झाएर पठाएकी हुँ । छोराले पनि निकै सम्झायो अब त हाम्रो परिवारमा यस्तो बज्र आइनलाग्ला भन्ने थियो । जे नसोचेको त्यहि भयो ।’
केही दिन अघि मात्र राजधानी आएकी शान्ताले घरायसी कुरा भएकाले घर भित्रै समस्या हल गर्ने सोँच नबनाएकी पनि होइनन् । केही महिला अधिकारकर्मी र पुलिसले पनि शान्ताको घरमै गएर उनको श्रीमानलाई सम्झाए पनि तर उनको कठोर मन पग्लिएन ।
‘म राजधानी मै थिएँ, उहाँले छोरालाई फोन गरेर कान्छी आमा ल्याएको भन्नु भएछ । त्यसपछि त छोरा–छोरीलाई सम्झाउँनै सकेकी छैन,’ शान्ताले भनिन्, ‘बुबा वित्नु भएको भए बरु वित्नुभयो भनेर चित्त बुझाउनु हुन्थ्यो, बाँचेको बुबालाई अब कसरी बुबा भन्नु भन्दै छोरा–छोरी रुँदा मन थाम्न मुस्किल पर्ने रहेछ ।’
‘म राजधानी मै थिएँ, उहाँले छोरालाई फोन गरेर कान्छी आमा ल्याएको भन्नु भएछ । त्यसपछि त छोरा–छोरीलाई सम्झाउँनै सकेकी छैन,’ शान्ताले भनिन्, ‘बुबा वित्नु भएको भए बरु वित्नुभयो भनेर चित्त बुझाउनु हुन्थ्यो, बाँचेको बुबालाई अब कसरी बुबा भन्नु भन्दै छोरा–छोरी रुँदा मन थाम्न मुस्किल पर्ने रहेछ ।’
कसैसँग नहारेकी शान्ताले आफ्नै परिवारसँग हार्न बाध्य भएको पीडा पोख्दै गर्दा सोमबारको साँझ पनि त्यसरी नै गाढा बन्दै गएको थियो । ‘बहुबिबाहको मुद्धा दर्ता गरौँ मेरो श्रीमानको टिठलाग्दो अनुहारको यादले सताउँछ, मुद्धा दर्ता नगरौँ महिला हिंसाका विरुद्ध आन्दोलन गर्दै आएकी मलाई अरुले नानाभाँती कुरा गर्न थाल्छन्,’ केही लामो सुस्केरा तान्दै शान्ताले भनिन्, ‘घर भित्रका धेरै कुरालाई घर नविग्रियो भनेर सम्हालेर राखेकी थिएँ, अब त केही बाँकी रहेन् ।’
उनले यति भन्दै गर्दा उनलाई सम्हालिन निकै मुस्किल परेको अनुभुति हुन्थ्यो । धेरै कुरा पछि गर्ने भन्दै शान्ताले कुरा टुङ्याउने अनुमति मागिन । खान पुगोस् , दिन पुगोस् भन्ने शान्ता अहिले आफ्नै श्रीमान् अरुकसैलाई दिनु पर्ने बाध्यतासँग लडिरहेकी छिन् ।
प्रस्तुतिः मोहन बास्तोला





प्रतिक्रिया दिनुहोस्...