कास्की कांग्रेस नेता रामजीको हत्याका मुख्य योजनाकार लामिछाने पक्राउ
- कमल पौडेल अथक
पोखरा, साउन ३१ – कास्की प्रहरीले कास्की कांग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्या प्रकरणका मूख्य योजनाकार राजेन्द्रमणी लामिछानेलाई शनिवार साँझ पक्राउ गरेको छ । लेखनाथनगर सभापतिसमेत रहेका लामिछानेलाई परिवारको तर्फबाट शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
हत्यामा संलग्न विश्वास गौतम, प्रकाश गुरुङ र रवीन केसी फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख हरिवहादुर पालले बताएका छन् ।
कास्की लेखनाथको गगन गौडा घर भएका ५२ वर्षीय कांग्रेस नेता रामजी पौडेल ‘बादल’को विहिवार मध्यरातमा आफ्नै घर नजिकै छुरी प्रहार गरी हत्या गरिएको थियो ।
