नेपाल बन्दले जनजीवन प्रभावित, पत्रकार धमला कुटिए (फोटो फिचर)


सीमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीका सडकमा केही निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात चलेका छैनन्। सडकमा बन्दकर्ताहरु भने देखिएका छैनन्। सम्भावित घटना हुन नदिन प्रत्येक चोकमा प्रहरी तैनाथ छन्।
पत्रकार धमला कुटिए
पत्रकार ऋषि धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए। श्रेष्ठले 'तपाइँ बन्दविरोधी हो' भन्दै थर्काएको धमलाले नागरिकन्युजलाई बताए। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।
Baidhya Strike 01
Baidhya Strike 02
Baidhya Strike 03
Baidhya Strike 04
Baidhya Strike 05
Baidhya Strike 06
Baidhya Strike 07
Baidhya Strike 08






प्रतिक्रिया दिनुहोस्...