विमानस्थल भित्र खुलेआम लुट, सरकार मौन
काठमाडौँ ११ भदौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगनमा खाद्यन्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो । विभागले बिहीबार कार्की मल्टिपल, न्यू कन्फेसनरी, एअरपोर्ट टी कफी , ग्रिनलाइन्, लगायत सात वटा पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा अधिकांश वस्तुको मोल चार गुणा असुलेको पाइयो । ४० रुपैयाँ पर्ने लेजलाई १२०, ३० रुपैयाँ पर्ने पानीलाई १५०, ६५ रुपैयाँ पर्ने फेन्टालाई २५०, ३ सय रुपैयाँ पर्ने डेरी मिल्कलाई ५६० रुपैयाँ, ५५ रुपैयाँ पर्ने डाइट कोकलाई १५०, १८० पर्ने पोलिथिन ब्यागलाई २ सय ५० रुपैयाँ असुल्ने गरिएको छ । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले यसरी ठग्नेहरुलाई कारबाही हुने बताए । त्रिभुवन विमानस्थलमा यसअघि पनि यस्तै ठगी भेटिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।