सिन्धुपाल्चोकका सञ्चबहादुर आठ महिनादेखि कुबेतको जेलमा छ कसरी र किना परे जनाकालागि पुरा पढ्नुस
सिन्धुपाल्चोकका सञ्चबहादुर आठ महिनादेखि कुबेतको जेलमा २०७२ साउन ३२ गते १८:३२ मा प्रकाशित 226 2 0 नवराज पन्थी कुवेत । अरब गएर खरब कमाउने सपना बोकेर सयौं नेपालीहरु दैनिक बिदेशिएका हुन्छन जब चकानाचुर हुन्छ । सम्बन्धित मुलुक पुगेर दुःख पीडा समस्यामा फसिसकेपछि अचानोको पीर खुकुरीलाई के थाहा ? जति नेपालबाट उड्ने बेलामा कल्पना गरिन्छ त्यति सजिलो छैन । बैदेशिक रोजगारीको लागि खाडी मुलुक, मरुभूमिको तातो हावामा अनायास मै फस्ने नेपालीहरुको कन्तबिजोग खाडीमा थुप्रै छ, यस्तै एउटा घटनामा फसेका छन् कुबेतमा कार्यरत एक नेपाली । sancha bahadur tamangविदेश गएर टन्न पैसा कमाई परिवारलाई सुखसँग पाल्ने सुन्दर सपना बोकेर कुबेत आएका सञ्चबहादुर तामाङले देशी भूमिमा जेल जीवन बिताउनु पर्छ भनेर कल्पना पनि गरेका थिएनन् । सिन्धुपाल्चोकमा बुवाआमा, श्रीमती, छोरा-छोरी भूकम्पले मर्महात भएको बखत तामाङ कुबेतको जेलमा पर्दा परिवारलाई आलो घाउमा नुन चुक थपे जस्तै भएको छ । बिगत ६ बर्षदेखि कुबेतको अरेबिया ओभरसिजमार्फत मार्फत सेक्यूरिटी एण्ड टेक्निकल सर्भिस ग्रुपमा कार्यरत सन्चबहादुर धन्नै आठ महिनादेखि कुबेतको जेलमा बन्दी जीवन बिताइरहेका छन् । तामाङ्ग २०१५ को जनवरी ८ तारिख बेलुका एक बंगलादेशी नागरिकको हत्याको अभियोगमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला दुवाचौर गाविस- ७ घर भएका ३२ बषर्ीय सन्चबहादुर निर्दोष रहेको उनको नजिकका साथीहरु बताउँछन् । अधिवक्ताको सहयोगमा मुद्दा लडेको खण्डमा तामाङ छिट्टै रिहा हुने विश्वासमा गत जुलाईमा नेपाली दुताबास कुबेतमा छलफल गरी सन्चबहादुर बचाउ अभियान शुरु गरिएको तामाङ्ग घेदुङ कुबेतका अध्यक्ष राम लामा बताउँछन । दुई पटक अदालतीय प्रक्रिया अनुसार सुनवाई भईसकेको र आउँदो अगस्ट २३ तारिखमा तेस्रो सुनवाई हुने लामाले बताए । हत्या आरोपमा जेल जीवन बिताइरहेका सन्चबहादुरको मुद्दा लण्डनको लागि २० हजार कुबेती दिनार माग रहेको थियो तर नेपाली दुताबास कुबेतको पहलले नै ५ हजार कुवेती डिनार अर्थात धन्नै नेपाली रुपैया -१६ लाख ७५ हजार) मा अधिवक्ता राजी भएका थिए । सोही अनुसार कुबेतस्थित नेपाली संघसस्था एबम् नेपालीहरुबाट संकलन कार्यलाइ तीब्र बनाईएको तामाङ्ग घेदुङ कुबेतका अध्यक्ष राम लामाले बताए । वकिलसंग सम्झौता गरिए अनुसार संकलित रकमबाट वकिलले मागेको ५० प्रतिशत रकम बुझाई सकिएको छ । एनआरएनए एनसीसी कुवेत, नेपाल तामाङ घेदुङ कुवेत, नेपाल-कुवेत सरोकार समाज, नेपाल कुवेत युनिक संघ कुबेत र प्रबासी नेपाली मन्च कुबेतको बिशेष पहलमा आर्थिक सहयोग संकलन कार्यलाई तीब्र पारिएको छ । हाल सम्म संच बहादुर बचाऊ अभियान कोषमा नेपाल तामांग घेदुङ कुवेतको पहलमा उठाएको रकम १२५६.६०० केडी र २१ वटा नेपाली संघ संस्थावाट जम्मा भएको रकम १५८१ केडी गरी २८३७ केडी ६ सय फिल्स जम्मा भएको जनाइको छ । यसैगरी इजरायलमा कार्यरत सिन्धुपाल्चोककी गङ्गा योन्जनले १० हजार नेपाली रुपैया पठाएकी छन् । कुबेतमा क्रियाशील अन्य नेपाली संघ सस्थाले सहयोग गर्ने बचन व्यक्त गरिसकेका छन् ।