पारसकी थाई प्रेमिका कन्निकाबाट फेसबुकमा हिमानीको अपमान !




३२ साउन, काठमाडौं - पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइसार्नले फेसबुकमा पारसकी पत्नी हिमानीको अपमान गरेकी छिन् । हिमानीले नाभीमा रिङ लगाएको पुरानो फोटोलाई उनले फेसबुकमा दुरुपयोग गरेकी हुन् । 

हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक छन् । यो तस्बिर उनले आफ्नै स्टाटसको कमेन्टबाट निकालेकी हुन् । यद्यपि उनले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति रीस ओकलेकी छिन् । उनको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका छिन् । तर, कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास गरेकी छिन् । 

‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले अंगे्रजीमा लेखेकी छिन् । उनको लेखाइको आशय खुलेको छैन । 





प्रतिक्रिया दिनुहोस्...