श्रीकृष्ण सम्झिँदै श्वेताले भनिन्-‘फिल्म क्षेत्रमा फर्कन चाहन्छु, हिम्मत दिनुहोस्’


swaita-2015
नायिका श्वेता खड्काले फेरि चलचित्र उद्योगमा फर्किने चाहना व्यक्त गरेकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि चलचित्रबाट टाढा रहेकी उनले आफूलाई हिम्मत दिन सबैसित आग्रह गरिन् ।
‘म उहाँले जस्तै यो इन्डस्ट्रीमा योगदान दिन चाहन्छु,’ उनले भनिन्, ‘उहाँले मलाई सबै काम तिमीले सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो, सायद चाडै छाडेर जान रहेछ ।’
श्रीकृष्णको वार्षिकीका अवसरमा सोमबार आयोजित कार्यक्रममा श्वेताले भावुक मन्तव्य दिएकी थिइन् । मन्तव्यका क्रममा उनले सबैको मायाले गर्दा आफू एक वर्षपछि हिँड्न र बोल्न सकेको बताइन् ।
‘यो एक वर्षमा मैले एक क्षण पनि उहाँलाई भुलेकी छैन,’ श्वेताले भनिन्, ‘म धेरैभन्दा धेरै काम गरेर उहाँलाई सम्मान दिन चाहन्छु ।’ उनले अगाडि भनिन्, ‘एउटा सामान्य केटीलाई उहाँले धेरै कुरा दिएर जानुभो । म अभागी भएर पनि आज धेरै कुरा पाएकी छु ।’
स्वेताले भनिन्-‘म खड्का थिएा, उहाँले नै मलाई श्रेष्ठको परिचय दिनु भएको छ । सुश्री थिएँ, श्रीमतीको परिचय बनाइदिनु भएको छ । मैले यो क्षेत्रका लागि केही गर्न सकेभने उहााको आत्माले पनि शान्ती पाउनेछ ।’
उनले आफूलाई दुःखमा साथ दिने सबैप्रति पटक-पटक आभार प्रकट गरिन् ।






प्रतिक्रिया दिनुहोस्...