शक्तिशाली समुन्द्र आँधीले जनजीवन अस्तव्यस्त


२३ साउन, काठमाडौं । शक्तिशाली समुन्द्र आँधी सूडलोरले ताइवानको ६ जनाको मृत्यु भएको छ भने जनजीवन अस्तव्यस्त भएको छ ।
भारी वर्षा र तिव्र गतिको हावासँगै समुन्द्री आँधी आएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । करिव २३० किलोमिटर प्रतिघन्टाको गतिमा आँधी आएको थियो ।
जसका कारण पूर्वी तटमा पहिरो समेत गएको छ । तिव्र गतिको आवाका कारण रुखहरु ढलेका छन् भने विद्युतका पोलहरु पनि लडेका छन्् । करिव २० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ ।
Typhoon-Soudelor-hits-Taiwan-1
रेल मार्ग समेत बन्द भएको छ भने हवाई उडानहरु रद्ध गरिएको छ ।
बीबीसीका अनुसार सबै स्कुल बन्द गरिएको छ । ताइवानको मौसम विभागका अनुसार सूडलोर नामक समुन्द्री आँधी उत्तर पश्चिमतर्फ बढेको छ ।
Typhoon-Soudelor-hits-Taiwan-2
Typhoon-Soudelor-hits-Taiwan-3
नासाले सार्वजनिक गरेको आँधीको तस्वीर





प्रतिक्रिया दिनुहोस्...