सेना परिचालन विरुद्ध एमाओवादीका सभाषद आन्दोलनमा


सरकारले सेना परिचालन गरेको विरोधमा एमाओवादीका सभाषद मधेशी राष्ट्रिय मुक्ति मोर्चासँगै आन्दोलनमा जाने भएका छन् ।

सेना परिचालन रोक्न माग गर्दै उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् 
एमाओवादीमा रहेका प्रभु शाह सहितका अन्य १८ सभाषद नेताहरुले प्रचण्डलाई भेटी आन्दोलनमा जाने जानकारी समेत गराएका हुन् ।

प्रचण्डले एमाओवादीका सभाषद आन्दोलनमा जाँदा मुद्धा प्रष्ट पारेर मात्र जानु पर्ने बताएका थिए ।

कैलाली घटनापछि सेना परिचालन गर्ने सुरक्षा समितिको निर्णयप्रति एमाओवादीले असहमति राख्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्...