अफगानिस्तानमा शक्तिशाली भूकम्प, दिल्लीसम्म धक्का
काठमाडौं, श्रावण २६ । अफगानिस्तान, भारत र पाकिस्तानमा सोमबार दिउँसो भूकम्पको कडा झड्का महसुस गरिएको छ ।
६ म्याग्निच्यूड मापन गरिएको शक्तिशाली भूकम्पको झट्का भारत प्रशासित जम्मु–कश्मिर, पन्जाब, दिल्ली र पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो ।
अमेरिकी जियालोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दू अफगानिस्तानकोफैजावाद देखि ८८ किलोमिटर टाढा, जमिनमुनि २ सय ९ किलोमिटरमा रहेको थियो । भूकम्पले पुर्याएको क्षतिबारे वितरण आउन बाँकी छ । (एजेन्सी)