बेलहिया झडपका घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु



Durgesh-Yadav,-Rupandehi,-Dसलमान खान
८ भदौ, भैरहवा । बिहिवार रुपन्देहीको बेलहियामा भएको झडपमा घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा आन्दोलनकारी भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै बेलहिया पुगेपछि प्रहरी, बन्दको प्रतिकार समूह र आन्दोलनकारीबिच भएको थियो ।
झडपका क्रममा कम्हरीया निबहिवाका २० वर्षीय दुर्गेश यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल लगिएको थियो ।
त्यहाँबाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल रिफर भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । ‘मध्यान १२ बजेतिर निधन भएको हो । अहिले पोर्टमार्टमका लागि शव शिक्षण अस्पताल पठाइएको छ’ प्रहरी जवान कृष्ण पोखरेलले अनलाइनखबरसँग भने ।
यादवको बुबा तराई मधेश लोकतान्त्रिक पार्टी कम्हरिया गाविस इकाई कमिटीका अध्यक्ष हुन् । यसअघि झडपपछि भाग्ने क्रममा नदीमा खसेर वेपत्ता भएका सुनिल यादवको शव शनिबार नदीमा भेटिएको थियो ।






प्रतिक्रिया दिनुहोस्...