टीकापुरमा मारिएका एसएसपीको शव काठमाडौं ल्याइयो


८ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको शव काठमाडौं ल्याइएको छ ।
SSP Laxman Naupaneनेपाली सेनाको हेलिकोप्टरले दिउँसो सवा ३ बजे न्यौपानेको शव त्रिभुवन विमानस्थल ल्याइएको हो । विमानस्थलबाट गौशालास्थित महानगरीय प्रहरी वृत्तमा लगिँदैछ ।
त्यहाँ औपचारिक कार्यक्रम गरी सलामी अर्पण गर्ने कार्यक्रम छ । न्यौपानेका परिवार र आफन्तहरु प्रहरी कार्यालयमा भेला भएका छन् ।
थारु प्रदेशको माग गर्दै कैलालीमा भएको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एसएसपी न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । उनका श्रीमती एक छोरा र एक छोरी छन् ।







प्रतिक्रिया दिनुहोस्...