भारतबाट बोलेरो गाडीमा आएकाहरुले कैलाली नरसंहार गराएको खुलासा


काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको छ । गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् । उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो गाडीमा आएकाहरुले घटना गराएको जानकारी शीर्ष नेतृत्वलाई दिएका छन् । ‘बाहिरका मानिसहरुले आन्दोलनकारीको भिडमा घुसेर घटना गराएको देखिन्छ’, बैठकमा गौतमले भनेका थिए । थरुहट प्रदेश माग गर्दै आन्दोलनमा उत्रिएको उत्तेजक समूहले नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीलाई नियन्त्रणमा लिएर निर्ममतापूर्वक हत्या गरेको थियो । घटनापछि कैलाली तनावग्रस्त छ ।




प्रतिक्रिया दिनुहोस्...