ज्योति मगरलाई गाली नै गाली 'ज्योती तिमी ब्लु फिल्म खेल्न जाउ'


 काठमाडौँ, २५ साउन, लोक गायिका ज्योती मगर यतिबेला निक्कै चर्चामा छिन् । लोकगीत गायन, स्टेज प्रोग्राम तथा भिडियोमा मोडलिङ आदिमा ज्योती कै चर्चा छ । लोक गायिका भए पनि निक्कै हट बनेर प्रस्तुत हुन थालेपछि ज्योतीको चर्चा अहिले चुलिएको हो । 
स्टेज प्रोग्राममा छोटा छोटा लुगा लगाएर गोप्य अङ्ग देखाउने गरेको आरोप ज्योतीलाई यस अघि पनि लाग्दै आएको हो । देशकै विभिन्न ठाउँमा होस् वा विदेशमा हुने स्टेज प्रोग्राममा ज्योती मगर चर्चाको पात्र बनिहाल्छिन् । अहिले हिन्दू नारीहरुको महान चाड तीज नजिकिदै गर्दा फेरी ज्योती मगरकै चर्चा छ । पोहोरको तीजबाट निक्कै अपाच्य शब्द राख्दै गीत गाएर चर्चामा आएका गायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देवकोटाले यो पटक पनि 'ढाडे बिरालो...' बोलको गीत सार्वजनिक गरेपछि ज्योती मगरको पुन: एक पटक चर्चा चलेको छ । 
गीतमा प्रयोग गरिएका निक्कै छाडा शब्दलाई ज्योती मगरको मोडलिङले उदाङ्गै पारिदिएको दर्शकहरु बताउँछन् । अगष्ट ७ मा युट्युवबाट सार्वजनिक गरिएको गो गीतलाई अहिलेसम्म ३ लाख २२ हजार १०१ जनाले हेरिसकेका छन् भने त्यसमध्ये ३६० जनाले मन परेको भनेर लाइक गरेका छन् यता ४२७ जनाले भने मन नपरेको भनेर डिसलाइक गरेका छन् । 
क–कसले के के भने ज्योतीलाई 
विष्णु सुवेदी लेख्छन्ः यस्तो पनि कही तीजको गीत हुन्छ ? लौ चेलीवेटी आफै भन्नु त तपाई तीजमा माईतीमा यही गीत बजाएर नाच्नु हुन्छ ? बाबा, आमा, दाजु भाईको सामुन्ने ? म त भन्छु यो गीत तुरुन्त बन्देज लगाउनु पर्छ । 
रमेश मगर बुढाथोकी लेख्नुहुन्छः यस्तै मनपरि गर्नलाई एक जनाले २–३ वटा श्रीमान राख्ने रे ! शिवजी राई लेख्नुहुन्छः यो फिमेल अधिकार हो केही नभन । फेरि कति नमजाको गाली दिन्छन के भन्नू ! 
दुःखी मान्छे लेख्नु हुन्छः अङ्ग प्रर्दशन त रोड मै गरे हुन्थ्यो या ब्लु फिल्म खेलेको भए नि हुन्थ्यो । यसरी नेपाली सभ्य सामाजमा बिकृति फैलाएर । के हो यस्तो लाजको मर्नु । 
सेडाई अच्युत लेख्नुहुन्छः यस्तो पनि तीजको गीत रे ! घरका परिवार सँग बसेर हेर्न पनि सरम कस्तो जमाना आयो ल ! 
भरत बहादुर सापकोटा लेख्नुहुन्छः गीत गाए ल ठिक छ, तर उत्तेजित र छोटो कपडा अनि छाडापनले बिकृति भने भएको छ है साथीहरु । 
राजेन्द्र सिंह धामी लेख्नुहुन्छः यो गीतले हाम्रो छोरी–चेलीको बचेको इज्जत पनि जान्छ, यो गीतलाई बेन्ड गर्न पाए राम्रो । 
दिपेश कोइराला लेख्नुहुन्छः अब त गीत सुन्न नि मन लाउन छोडो । कोमल ओलीले पोइला जान पाम भन्दा बिरोध गर्नी महिला अधिकारकर्मीहरु कता गएछन् ? कि मिनिस्कट किन्न तिर लागे ! 
प्रेम श्रीष लेख्नुहुन्छः के गर्ने जस्ले, जसरी, जेलेखेर बनाए पनि ज्योतिकै चर्चा हुनेरै छ, मन नपरे पनि भिडियो उसैको चल्यो बजारमा । चर्चामा आउनलाई कि धेरै राम्रो गर्नुपर्ने कि धेरै उत्ताउलोपना देखाउन पर्ने रैछ भन्ने बुझियो । 
सागर रिथेली लेख्नुहुन्छः यस्तो पनि कही तीज गीत हुन्छ ? योत सिधै मलाई आएर रेप गर भनेजस्तो भइगोनी ! 

मगर जि. ओम लेख्नुहुन्छः ब्यक्तिगत रुपमा भन्नुपर्दा यो भिडियो हेर्दा मलाई त गज्जब लाग्यो । तर मेरो आमा, दिदी बैनीहरुसँग बसेर हेर्न सक्दिन । ज्योती मगर लगायत कलाकारको कुनै दोष छैन । यसको मुख्य डिजाइनर निर्देशक शंकर बि.सी.लाई कडा भन्दा कडा कार्वाही गरियोस् । कम्तिमा यो भिडियो टेलिभिजनबाट प्रशारणमा बन्देज लगाइयोस् । 
करण पंगेनी लेख्नुहुन्छः ब्लु फ्लिम खेल्न गए अझ धेरै दाम कमाईन्छ किन नेपालमा बसेर छोरी चेलीलाई यस्तो भिडियो सार्वजनिक गरेर बिगार्ने कोसिस् गरेकी छौं ए ज्योति मगर... न जातको वास्ता न ईज्यतको वास्ता के यत्रो चाहान्छौं तिमी? वाईयात् !
मोहन केसी लेख्नुहुनछः उत्तेजक अंगप्रदर्शन गरेर रत्यौली गीत गाएर नाचेर निश्चित ठाउमा देखाउने गीतलाई पवित्र तीज चाडको बदनाम गराउने ? यस्ता कलाकार त पश्चिमी देशमा ब्लु फिल्म खेल्न गए रे भन्ने समाचार सुन्न पाइयोस् ्र नेपाली लोक संकृतिका धमिराहरु... । 
दिनेश राउत लेख्नुहुन्छः थुक्क दुखी आत्मा... बिन्दु परियारको जोडी बन्न गए भइ गयो नि तीज जस्तो पबित्र चाडमा यस्तो अस्लिल गीत गाउने र नाच्नेहरु । 

क्रियटिभ भिजन लेख्नुहुन्छः ज्योती मगरलाई गाली गर्नु भन्दा नि यस्ता गीत गाउने गायकरगायिकाहरुलाई सामाजिक रुप मै वहिष्कार गरी दण्ड दिन आबश्यक देखिन्छ । यी गायक र गायिकाहरुले पहिलादेखि नै उत्ताउला, छाडा र समाजलाई अपाच्य हुने गीतहरु गाउँदै आएका थिए । पैसाको लागि जे पनि गर्न चाहनेहरुलाई कडा कार्वाही गर्न अत्यन्त जरुरी छ । अनि ज्योति मगरको त के कुरा गर्नु र ? उनले त आफ्नो धरातल कस्तो थियो र छ भनेर प्रष्ट्याई सकेकि छिन् ।





प्रतिक्रिया दिनुहोस्...