सलमानले पाकिस्तानमा भेटिएकी गीतालाई बाबु आमासँग भेटाईदिने
मुम्बई । चलचित्र ‘बजरंगी भाइजान’मा मुन्नीलाई आफ्नो बाबु आमासँग भेटाईदिएकै कारण सलमान खानको निकै तारिफ गरे दर्शकहरुले ।
फिल्म प्रर्दशन भएको दोस्रो हप्ता हुनै लाग्दा सलमानले रियल लाईफमा पनि रिलमा जस्तै बाबुआमावाट छुटि्टएकी गीतालाई आफ्नै बाबु आमासँग भेटाउन पहल गर्ने बताएकी छिन् । आफुलाई भारतीय बताउने गीता सन २००३/२००४ मा पाकिस्तानको लाहोरमा भेटिएकी थिइन् ।
‘भारतमा उनका बाबु आमा र अन्य नातेदार खोज्ने प्रयाश पनि भयो तर, आजसम्म उनको आफन्त भेटिएको छैन ।’ सलमानले मिडियासंग कुरा गर्दै भने ‘मैले गीताको वारेमा सुनेको छु । उनको पारिवारिक पृष्ठभुमीवारे पनि जानकारी छ । उनलाई असली माता पीतासंग भेटाउन म पहल गर्छु ।’
साथै उनले पाकिस्तानमा गीताको ख्याल गर्ने सामाजिक कार्यकर्ताप्रति धन्यवाद ब्यक्त गरे । मुम्बई हमलाका दोषी याकुब मेमनको वारेमा ट्वीट गरेर विवादमा आएका सलमानले याकुबको वारेमा कुरा गर्नै मानेनन् । उनले यत्ति भने ‘याकुबको वारेमा पछि कुरा गरौंला ।’
कार्यक्रममा उनले अवार्डका सन्दर्भमा पनि मुख खोले । कतियको चाहना सलमानले नेशनल अवार्ड पाइदिए हुन्थ्यो भन्ने रहेको भन्दै उनले त्यस्तो इच्छा राख्ने दर्शकलाई धन्यवाद दिंदै बलिउडमा आफु भन्दा क्षमतावान अभिनेता अरु पनि भएको बताए ।
दर्शकको माया नै आफ्नो लागि नेशनल अवार्ड बराबर भएको उनको भनाई थियो । ‘बजरंगी भाइजान’का निर्देशक कबीर खानको नयाा फिल्म ‘फयान्टम’ पाकिस्तानमा ब्याण्ड गर्नुपर्ने हल्ला चलिरहेको प्रसंगमा पनि मुख खोले उनले ।
आफुलाई निर्देशक खानप्रति पूरा भरोसा भएको भन्दै फिल्म नहेरी प्रतिक्रिया नदिने बताए ।
आफुलाई निर्देशक खानप्रति पूरा भरोसा भएको भन्दै फिल्म नहेरी प्रतिक्रिया नदिने बताए ।