व्वायफ्रेन्ड नहुँदा कोमल वलीले पाइनन् अमेरिकाको भिसा !


काठमाडौँ, भदौ २ । गायिका कोमल वलीलाई अमेरिकाले फेरि पनि भिसा दिएन । यसअघि पटक–पटक ‘रिजेक्ट’ भएकी कोमल अहिले कडा भएकी छिन् । यसअघि तीनपटकसम्म उनलाई अमेरिकी दूतावासले भिसा दिएको रहेनछ । यसपटक तिज विशेष कार्यक्रमका लागि कोमल अमेरिका जाने योजना रहेछ । तर, के गर्नु, अमेरिकी दूतावासले उनलाई भिसै दिएन । भिसाका लागि अमेरिकी दूतावासमा पुगेकी उनलाई अन्तर्वार्तामा सोधिएछ– बिहे भएको छ ? उनले उत्तर दिइछन्, ‘छैन ।’ फेरि उनलाई सोधिएछ– ब्वायफ्रेन्ड छ ? कोमलले उत्तर दिइन् रे– ‘छैन ।’ प्रेमी पनि छैन, अनि यो उमेरसम्म बिहे पनि नगरेकी कोमल फेरि अमेरिका जानबाट वञ्चित भइन् । अमेरिकी दूतावासमा अन्तर्वार्ताकारको आशंका थियो होला– कोही नभएपछि कसका लागि फेरि कोमल देश फर्किलिन् ? आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।





प्रतिक्रिया दिनुहोस्...