वलिउड नायिकाको प्रेम कहानी
भनिन्छ नायिकाहरु प्रेमसम्बन्ध जोडिन र टुक्रन खास कारण चाहिंदैन । बलिउडका केही जल्दा बल्दा नायिका यस्ता छन् जसले फिल्ममा आएपछि आफ्ना पुराना प्रेमीलाई चटक्कै छाडिदिए ।
रंगीन संसारमा रमाएका मध्ये कतिपयले समकक्षी कलाकारसँगै प्रेमसम्बन्ध स्थापित गरेका छन् । केही गैर फिल्मी ब्यक्तिको प्रेममा पनि होलान् । तर, पहिलोप्रेमलाई भने मेटाउनमै अग्रसर रहे धेरै नायिका । हेरौं पूराना प्रेमीलाई बेवास्ता गर्नेहरु को को रहेछन्ः
दीपिका पादुकोणः अहिले सय करोड क्लबकी जल्दीबल्दि हिरोईनको रुपमा चिनिन्छिन् दीपिका पादुकोण । पछिल्लो समय रणबीर सिंहको प्रेमिका भनेर चिनीने दीपिकाले एक समय रणबीर कपुरसँग पनि हिमचिम बढाएकी थिईन् ।
खास कुरो उनी फिल्ममा आउनु अघि निहार पाण्डेयसँग प्रेम गर्थिन । उनीहरुको पहिलो भेट एउटा अभिनय स्कुलमा भएको थियो । फिल्ममा प्रवेश गरेपछि निहारसँग उनको ब्रेकअप भएको थियो । लगत्तै रणबीर कपुरसँग नजिकिएकी थिईन् ।
अनुष्का शर्माः अनुष्का शर्मा र बिराट कोहलीको प्रेमाप्रसँगले पनि अहिले बलिउडमा राम्रै चर्चा पाएको छ । क्रिकेटर बिराट मोडलिङमा समेत संलग्न छन् । मोडलिङमा आउनुअघि अनुष्का जोहेब युसूफसँग प्रेममा थिइन् । जोहेब पनि र्याम्प मोडलिङमा सक्रिय छन् ।
ज्याक्लिन फर्नाडिजः सलमान खानसँग ज्याक्लिनको सम्बन्ध गाढा भएको पनि हल्या चल्यो । अहिले उनीहरु त्यति नजिक छैनन् । बलिउडमा प्रवेश गर्नु अघि ज्याकलिन बहराईनका राजकुमार हसन बिन रसिद अल खलीफासँग प्रेममा थिइन् । उनीहरुको ब्रेकअपको कारण साजिद खान थिए ।
कंगना रनौतः बलिउड क्वीन भनिने कंगना रनौतको पनि अध्ययन सुमनसँग निकै हिमचिम थियो एकसमय । अध्ययन शेखर सुमनका छोरा हुन् । प्रेम सुरु भएको एक वर्षमै उनीहरु छुटि्टएका थिए ।
आलिया भट्टः आलियाको पनि स्कुल पढ्दैताक अफेयर सुरु भएको थियो । स्कुल पढ्दाताक अली दादारसँग नजिकिएकी आलिया फिल्ममा आएपछि भने दादारसँग टाढिएकी छिन् ।
सोनाक्षी सिन्हाः अभिनयमा प्रवेश गर्नु अघि सोनाक्षी एडलेब्सका एमडी आदित्या श्राफसँग प्रेममा थिइन् । दुई वर्षसम्म आदित्याको प्रेममा रमाएकी सोनाक्षी त्यसपछि फिल्ममा आएकी थिइन् । सोनाक्षीले बेवास्ता गरे लगत्तै आदित्याले टेलिभिजन अभिनेत्री मेघा गुप्तासँग बिबाह गरेकी थिईन् ।
प्रियंका चोपडाः मोडलिङमा आउनुअघि असीम मर्चेन्ट र पि्रयंका चोपडाको मित्रता निकै गाढा थियो । पि्रयंकाले मिस युनिभर्सको ताज पाएपछि असीमसँग सम्बन्ध तोडिदिईन् ।
प्रीति जिन्टाः प्रीती जिन्टा र नेस वाडियाको सम्बन्धले बलिउडमा राम्रै तरंग ल्याएको थियो एक समय । पछिल्लो समय उनीहरुको सम्बन्ध यति खराब भयो । आफुलाई धम्कि दिएको भन्दै नेशको बिरुद्ध प्रहरीमा उजुरी गर्न वाध्य भईन् पि्रती ।