साउदीका राजकुमारसँग विश्वको सबैभन्दा महंगो विमान
साउदी अरबका राजुकमार अलवलीद बिन तलाल जसले ३२ अर्व अमेरिकी डलर सम्पत्ति लोककल्याणमा खर्चने भएका छन् उनलाई साउदी अरबका वारेन वफेट पनि भनिन्छ।
तलाल विश्वका सबभन्दा धनीहरुको सूचीमा ३४ औँ स्थानमा पर्छन् र सन् २००८ को टाइम्स म्यागजिनकाअनुसार उनी विश्वका १०० प्रभावशाली व्यक्तिहरुको सूचीमा परेका थिए।
साउदीको शाही परिवारसँग नाता जोडिएका तलाल किङ्गडम होलिडे कम्पनीका मालिक हुन्। तलालको यो कम्पनी बैंकिङ र वित्तिय सेवा, होटल तथा होटल प्रवधन कम्पनी, मास मिडिया, मनोरञ्जन, कृषि, वायूसेवा, रियल स्टेट, उद्योगका साथै पेट्रोलियमको कारोबारमा संलग्न रहेको छ।
साउदी अरबको प्रचलित नाम प्रिस तलालका छोरा अलवलीद बिन तलालसँग विश्वको सबैभन्दा महंगो विमान रहेको छ जसलाई उड्ने महल पनि भनिन्छ। करिब ३४ अर्वमा एयरबससँगथ किनेको उक्त विमानमा सुख सुविधाका हरेक चिज रहेका छन्। यसमा ५ वटा ठूला–ठूला कोठाहरु, एक वैठक कोठा, एक रोयल्स रोयस कार राख्ने स्थानका साथै टर्की देशका स्टाइलको वाथरुम पनि रहेको छ।
फेसबुक, एप्पल सहित ठूला होटलहरुमा समेत उनको साझेदारी रहेको छ र उनीसँग ३०० वटा जति लक्जरी कारहरु रहेका छन्। यसका साथै उनका ३ वटा महल छन्। उनको महलमा ४२० वटा कोठाको साथमा चिडियाखाना पनि रहेको छ।
६० वर्षका तलालले हालसम्म तीनवटा विवाह गरिसकेका छन्। उनकी अन्तिम पत्नी ३१ वर्षिया अमीर अल तवील हुन् जोसँग पनि सन् २०१३ मा छोडपत्र भइसकेको छ। तवील विश्वका गम्भिर मुद्दाहरुमा मिडियामा आफ्नो विचार राख्ने गर्छिन्।
वारेन बफेट, बिल गेट्स, मार्क जुकरवर्ग र माइकल ब्लुमवर्ग जस्ता विश्वका धनी र दानवीर व्यक्तिहरुको वीचमा तलालको नाम पनि आउँछ।
तलाल दुईवर्ष अगाडि नेपाल आएका थिए । यसका साथै उनले गत वैशाखको भूकम्पपीडितहरुलाई १० लाख अमेरिकी डलर सहयोग पनि गरेका थिए।