दुई सय नेपाली कार्यरत कतारको लेबर क्याम्पमा आगलागी, चारसय पासपोर्ट जलेर नष्ट



कतार– नेपालीहरु कार्यरत कतारको साँहनियास्थित एक लेबर क्याम्पमा आगलागी हुँदा झन्डै साढे चारसय जना कामदारको राहदानी (पासपोर्ट) जलेर नष्ट भएको खबर छ । कामदारहरु काम गर्न क्याम्पमा नभई अन्य क्षेत्रमा गएको हुनाले मानबिय क्षति भने भएको छैन् । पासपोर्ट, लत्ताकपडाका सहित नगद पनि जलेर नष्ट भएको छ ।

स्थानीय वाटर मास्टर ट्रिन्टमेन्ट कम्पनीको लेबर क्याम्प बिद्युतीय सर्ट भई 
आगलागी भएको हो । हामी सबै काम गर्न साइडमा थियौं । बेलुका क्याम्पमा र्फकदा जलेर सबै नष्ट भएछ, सोहि कम्पनीमा कार्यरत एक नेपाली लम्जुङका बलबहादुर गुरुङले  भने–अहिले हामीसँग काम जान लगाउने डाग्री (पोशाक) मात्रै छ ।

त्यस कम्पनीमा झन्डै साढे चारसय कामदार छन् । जसमा दुई सय नेपाली रहेका छन् । कसैको पनि पासपोर्ट, नागरीकता बचेन । धेरै साथीहरुको घरमा पठाउन राखिएको पैसा पनि जल्यो, उनले भने । सोही कम्पनीमा कार्यरत प्युठानका ओमबहादुर घर्तीमगर, तनहुँका बीरबहादुर आले मगर, सर्लाहीका राजन लोहर, संखुवासभाका नरेश रोक्का, ताप्लेजुङका दिपेन्द्र शर्माले लत्ताकपडा सहित राहदानी जाल्दा समस्यामा परेको बताए ।

ुकति साथीहरुको आज (बुधबार) को घर फिर्ने टिकट थियो । सरसामानहरु किनेर राखेका थिए । नेपाल लैजाने लगेज तयार बनाएका थिएु, प्युठानका ओमबहादुरले भने,ुउनीहरु पनि सबै जल्यो पछि टिकट रद्द भएको छ । आगोलागीबाट ज्यान त जोगियो ।

आगोलागी मंगलबार दिउसो एक बजेको समयमा भएको थियो । कम्पनीले उनीहरुलाई बन्दै गरेको युसिसिको सात नम्बर क्याम्पमा राखेको छ । कम्पनीले अस्थायी बसोबासको लागि युसिसिको क्याम्ममा राखेको छ । बस्ने ओछ्यान लिएर दिएको छु, सर्लाहीका राजनले भने–अहिले जसोतसो मिलेर बसेका छौं । खाना पनि जसोतसो मिलाएर दिइरहेको छ ।

सामान जलेको पीरले कसैको मन ठाँउमा नभएको गुरुङले बताए । त्यस कम्पनीमा नेपालीहरु प्लम्बर, मेसन, लेबर लगायत रहेका छन् । उनीहरुले स्वीमिङ पुल निर्माण तथा मर्मतसम्भार गर्ने काम गर्ने गरेका छन् । अधिकारीहरुले आगोलागी तिनघण्टा पछि नियन्त्रणमा ल्याएको थियो । उनीहरुले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । कतारस्थित नेपाली दुताबासले समस्यामा परेका नेपाली कामदारको अबस्थाको बिषयमा आफुहरुले जानकारी लिइरहेको जनाएको छ ।
Source: AgenciesEkantipur





प्रतिक्रिया दिनुहोस्...