बन्दको बिरोधमा बुटवलबासी सडकमा, मिलनचोकमा झडप
- झडप रोकेपछि बुटवल प्रहरी । अहिले बुटवल बजार शान्त छ
कपिल ज्ञवाली
३२ साउन, बुटवल । बन्दको बिरोधमा बुटवलका नागरिकहरु सडकमा उत्रिएपछि बन्द आयोजकहरुसँग झडप भएको छ ।
३२ साउन, बुटवल । बन्दको बिरोधमा बुटवलका नागरिकहरु सडकमा उत्रिएपछि बन्द आयोजकहरुसँग झडप भएको छ ।
बन्दको विरोध गर्दै बुटवलका युवाहरुले नेपालको राष्ट्रिय झण्डासहित मोटरसाइकल र्याली निकालेका थिए । बन्दकर्ताहरु कोणसभाका लागि पुष्पलाल पार्क तर्फ जाँदै गर्दा मिलनचोकमा जम्का भेट भएपछि केहिबेर झडप भएको थियो । तत्कालै प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।
बुटवल बजारमा बन्दकर्ताहरु
अप्रिय घटना हुन नदिन बुटवल बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बुटवलको सुरक्षा स्थिति कडा बनाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले अनलाइनखबरलाई बताए ।
‘केहिबेर तनाबग्रस्त नै भयो, त्यहाँनेर हाम्रो उपस्थिति नभएको भए त जे पनि हुन सक्थ्यो, धेरैलाई हामीले डाइभर्ट गर्यौं,’ खड्काले भने ।
प्रहरीले उनीहरुलाई तितरबितर पारेपनि बन्दकर्ताहरु फेरि जम्मा भएर नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।