कुन जीबन बीमा कम्पनीले कति कमाए ?
४ भदौ, काठमाडौं । जीबन बीमाको कारोबार गर्ने बीमा कम्पनीहरुले व्यवसायको आकार र नाफा दुबै बढाएका छन् । आर्थिक वर्ष २०७१/०७२ मा जीबन बीमा कम्पनीहरुको प्रगति सन्तोषजनकै नै देखिएको छ ।
सञ्चालनमा रहेका आठ जीबन बीमा कम्पनीमध्ये गुराँस लाइफले मात्रै हालसम्म वित्तीय विवरण सार्वजानिक गरेको छैन । वित्तीय विवरण सार्वजानिक गर्ने कम्पनीहरुका मूख्य सूचक यस्ता छन् ।
नेपाल लाइफ
व्यवसायको आकार र नाफा दुबै हिसाबमा गत वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स नै पहिलो नम्बरमा परेको छ । नेपाल लाइफले गन आर्थिक वर्षमा बीमाशुल्कबापत ८ आठ अर्ब रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कूल बीमाशुल्क २९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म ९७ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
चुक्ता पुँजीका हिसाबले पनि यो कम्पनी पहिलो नम्बरमा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ छ । यो जीबन बीमा कम्पनीमध्ये सेयरधनीलाई सबैभन्दा धेरै लाभांस दिने कम्पनी पनि हो ।
नेशनल लाइफ
यो कम्पनीले गत वर्ष १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल लाइफले हालसम्म ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ९६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन
यो कम्पनीले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ५४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ५९ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ८५ करोड ५५ लाख रुपैयाँ छ ।
प्राइम लाइफ
यो कम्पनीले गत वर्ष ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी २६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ४८ करोड ८१ लाख रुपैयाँ छ । यो नियामक बीमा समितिले तोकेकोभन्दा सवा १ करोडले कम हो । बीमा समतिलिे जीब्न बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।
सूर्या लाइफ
यो कम्पनीले गत वर्ष १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७२ कारोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी ३ कारोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५० करोड छ ।
अमेरिकन लाइफ
यो कम्पनीले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । हालसम्म कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी ८४ कारेड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी
यो कम्पनीले २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालसम्म ७८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी १० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
जीबन बीमा कम्पनीका मूख्य सूचकहरु (हजारमा)
कम्पनी | नाफा |
---|---|
नेपाल लाइफ | १७९७०० |
एलआइसी | २५८५९ |
नेसनल लाइफ | १६१३२४ |
प्राइम लाइफ | ७२०८८ |
एसियन लाइफ | २०६३१ |
सूर्या लाइफ | १७०३७ |
अमेरिकन लाइफ | ६०३२५ |
राष्ट्रिय जीबन बीमा कम्पनी | २४८७९९ |