टीकापुरमा गोली चल्यो, एक गम्भीर घाइते
फोटो :गस्तीमा रहेको सशस्त्र प्रहरी । तस्बिर : शिवराज भट्ट
कैलाली : कैलालीको टीकापुरमा प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
कर्फ्यूकोसमयमा मोटरसाइकलमा गइरहेका सुगरखाल गाविस–१ फलेबिसौनी निबासी २० वर्षीय जगतराम देबकोटा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन् ।
कर्फ्यूमा मोटरसाइकल चलाइरहेका उनलाई रोकिन दिएको आदेश नमानी भाग्न खोज्दा सशस्त्रले गोली हानेको थियो ।