सबै गर्छन् तर सँगै फोटो खिचाउँदैनन् भुवन र जिया !


काठमाडौं - प्लेव्बाइका रुपमा परिचित सदाबहार हेण्डसम अभिनेता भुवन केसी पत्नी सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि केही समय सिंगल बने । तर भुवन भनेपछि मरिहत्ते गर्ने युवतीहरुको के कमी हुन्थ्यो र ? त्यसैले उनको जीवनमा अर्की नायिका जिया केसीको प्रवेश भएको हल्ला फैलियो ।


आफूहरु एउटै घरको छानामूनि रहेको दुवैले स्वीकार गरेपछि यो हल्ला पनि सत्य सावित भयो । यद्यपि उनीहरुबीचको सम्बन्ध कस्तो हो भन्नेबारे भने अझै यकिनका साथ भन्नसक्ने आधार छैन । भुवनलाई नजिकबाट चिन्नेहरु भन्छन्–उनीहरुको सम्बन्ध लिभिङ टुगेदरको रुपमा परिभाषित गर्न सकिन्छ । किनभने उनीहरु एउटै घरमा बस्छन् र एउटै ओछ्यान सेयर गर्छन् । यस कुराको पुष्टि भुवनले निर्देशन गरेको पहिलो चलचित्र ड्रिम्सको छायाँकन स्थलमा पुगेर भएको छ ।

मुस्ताङमा छायाँकन गरिएको ड्रिम्सको छायाँकनमा जियाको कुनै भूमिका छैन । तर शुटिङ अवधिभरि जिया पनि मुस्ताङमै रहिन् । चलचित्रको क्रिउ मेम्बरहरुको बीच पनि उनीहरुले एउटै होटलको एउटै रुम सेयर गरे । छोरा अनमोलका लागि त यो कुनै नौलो कुरा थिएन । तर अचम्म त्यत्रो दिन सँगै रहेर मुस्ताङ जस्तो लोकेशनमा पनि जिया र भुवनले सँगै एक पोज पनि फोटो सम्म नखिच्नुलाई चाहिं धेरैले आश्चर्यका रुपमा लिएका छन् । आखिर यी दुईले कोसँग आफ्नो सम्बन्ध लुकाउँन खोजेका हुन् कुन्नि ?





प्रतिक्रिया दिनुहोस्...